animated ellipse animated ellipse

सुनसरीको खनारमा सवारी दुर्घटना, विद्यार्थीको मृत्युपछि स्थानीयले जलाए बस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ मंसिर २०८१, आईतवार १९:१८
378
Shares
विराटनगर / सुनसरीको इटहरी खनार सड्क खण्डको शान्तिचौकमा भएको सवारी दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ ।

विद्यार्थीको मृत्युपछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । अहिले सडक बन्द रहेको छ । सडक खुलाउन प्रहरीले दर्जन सेल अँश्रु ग्यास प्रहार गरेको छ ।

काकडभिट्टाबाट विराटनगर आउँदै गरेको प्रदेश १ –०१– ००१ ख ४५७४ नम्बरको नागरिक यातायात बसले इटहरीस्थित जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत सम्झना यादवलाई ठक्कर दिएको हो । बसको ठक्करका कारण यादवको घटनास्थलमा मृत्यु भएको छ ।

ठक्कर दिएर भाग्न खोजेको बसलाई स्थानीयले खनार चौकमा नियन्त्रणमा लिएर आगजनी गरेका छन् । सोही क्रममा भीड नियन्त्रण गर्ने खोज्दा एक जना प्रहरीसमेत घाइते भएका छन् ।

घटनापछि खनार चौकको अवस्था तनावग्रस्त बनेको छ । बस चालक इलाका प्रहरी इटहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर