AArya
RUMPUM
animated ellipse animated ellipse

देश कमजोर बनाउन देशीविदेशी शक्ति लागेको छ : डा. कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ पुष २०८०, बिहीबार १९:००
153
Shares
सुनसरी / प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता डा.शेखर कोइरालाले देश कमजोर बनाउन देशीविदेशी शक्ति लागेको बताएका छन् ।

नेपाली कांग्रेस सुनसरीले आज इनरूवामा आयोजना गरेको कार्यक्रममा कोइरालाले देश र कांग्रेस विकट अवस्थाबाट गुजरिरहेको बताएका हुन् । कांग्रेस मात्रै लोकतान्त्रिक र संविधानुसार चल्ने पार्टी भएकाले अहिले चौतर्फी प्रहार भइरहेका उनले बताएका छन् । देश र कांग्रेसलाई कमजोर बनाउन देशीविदेशी शक्तिहरू लागेको छ त्यसैले कमजोर हुन दिनुहुँदैन, उनले भने, कांग्रेस कमजोर भयो भने लोकतन्त्र छिन्नभिन्न हुन्छ ।

मुलुकमा अहिले गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता र संघीयता माथि प्रहार भइरहेको कोइरालाले बताए । नेतृत्व कमजोर भइसकेकाले जनताको निरासा र आक्रोशले गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता र संघीयतामाथि प्रहार भइरहेको हो उनले भने, त्यसमा पनि मन्त्रीहरूको अराजकताले यी सब भइरहेको छ ।

देशमा सुशासन दिन नसक्ने, भ्रष्टाचार र दण्डहिनता रोक्न नसक्ने सरकार भएपछि सर्वसाधारण निरास भएको कोइरालाले बताएका छन् । देशको अर्थतन्त्र धरापमा छ, ऋण लिएर कर्मचारी, सांसदले तलव खाइरहेका छन्, उनले भने, हमास र इजराइलको द्वन्द्व साम्य नभए वैदेशिक रोजगार गुमेपछि अर्थतन्त्र धरापमा पर्छ ।

उनले बैंकहरूले किसानलाई ऋण दिँदैन तर उद्योगीलाई आदर पूर्वक दिने गरेकाले किसानको अवस्था वेहाल भएको बताएका हुन् । उखुको भुक्तानी पाउँदैन किसानले, देशमा रहेको ३५ वटा चिनी मिल बन्द भएर ९ वटा मात्रै चलेको छ । मुलुकमा नेतासँगै कर्मचारी र व्यापारी त्यतिकै भ्रष्ट रहेको र यी सब ठीक नभएसम्म देशको अवस्था नसुध्रिने कोइरालाको भनाइ छ ।

मुख्यमन्त्री केदार कार्कीले लोकतन्त्र र कांग्रेसमा परिवारको होइन, अब गाउँवासीका कुरा सुन्ने र कार्यकर्ताको नेतृत्व गर्नेलाई नेता मान्ने अवस्था आएको बताएका छन् ।

झुपडी हेरेर निर्णय गर भन्ने बीपीको आदेश पालना गरेर प्रदेशमा बजेटको प्रतिस्थापन विधेयक ल्याएको छु, उनले भने, अब अस्पतालमा कसैले छोराछोरीको उपचारका लागि ऋण खोज्न जानुपर्दैन ।१० वर्षमुनीका प्रदेशभरिका बालबालिकाको निःशुल्क उपचारको बजेटमा व्यवस्था गरेको छु । सत्तामा मैमत्ता लाग्ने आरोप युवाले मेट्नुका साथै संयम र सबै पुस्ताको नेतृत्व गर्ने नेता देशलाई आवश्यक भएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर