RUMPUM
animated ellipse animated ellipse

पाँच बर्ष भित्रमा प्रदेश १ लाई बालविवाहमुक्त प्रदेश बनाईने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ भाद्र २०७७, सोमबार १८:४६
153
Shares
विराटनगर / आगामी ५ बर्षभित्रमा प्रदेश १ लाई बालविवाहमुक्त प्रदेश बनाईने भएको छ ।

सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए ।

राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन आज सार्वजनिक गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । सवैपक्षको सहभागितामा उनले बालविवाहमुक्त प्रदेश निर्माण गरिने बताए । सामाजिक संघ संस्था, सरोकारवाला व्यक्तिहरु सवैको सहभागिता आवस्यक रहेको मुख्यमन्त्री राईले बताए ।

कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले बालबालिकाको अवस्था पहिलेको तुलनामा सुधार भएर गएको बताए । उनले बालविवाह र बालश्रममा सुधार हुन नसक्नु दुखत भएको बताए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सडकमा बालबालिका बस्नुपर्ने अवस्थाको अन्त्य गरिने बताइन् । सडक बालबालिकालाई उद्धार गर्ने काम भईरहेको राज्यमन्त्री गजमेरले बताइन् । उनले हाल सम्म प्रदेश १ मा ५३ जना सडक बालबालिकाको उद्धार भएको समेत जानकारी गराइन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेश १ मा ५१ दशमलव ८ प्रतिशत बालिका र २१ दशमलव ७ प्रतिशत बालकहरुको २० वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको बताए । उनले प्रदेश १ मा ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रममा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर