animated ellipse animated ellipse

कटहरीमा बन्ने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ बैशाख २०८१, बुधबार १८:३८
432
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा निमार्ण हुने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास भएको छ ।

दुई महिना भित्र निमार्ण सम्पन्न हुने गरि कोल्ड स्टोरको आज शिलन्यास गरिएको हो । उक्त कोल्ड स्टोरको शिलन्यास कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गरे ।

प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना कार्यान्वय एकाइ मोरङ र कटहरी गाउँपालिकाले भ्याटसहित २४ लाख ३२ हजार ४ सय ९ रुपैयाँ लागतमा उक्त कोल्ड स्टोर निमार्ण गर्न लागेको छ ।

कोल्ड स्टोर निमार्णको लागि परियोजनाले ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लागत व्यहर्ने सहमति भएको छ । जस अनुसार परियोजनाले १९ लाख ४७ हजार ५७ रुपैयाँ र गाउँपालिकाले ४ लाख ८५ हजार ३५२ रुपैयाँ व्यहोर्नुपर्ने सम्झौतामा उल्लेखछ ।

शिलन्यास कार्यक्रममा बोल्दै कटहरी गाउँपालिका अध्यक्ष चौधरीले कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएपछि कृषकको उत्पादन खेर नजाउने बताए । ‘अब कृषकले आफ्नो उत्पादन खेर जाने समस्याबाट मुक्ति पाउँदैछन् । कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएपछि कृषकले उत्पादन गरेको कृषी उपज खेर जाँदैन । भण्डारणको उचित व्यवस्थापन हुनेछ,’ अध्यक्ष चौधरीले भने, ‘निमार्ण सुरू भएको ढिलोमा दुई महिना भित्रमा पुरा भएर संचालनमा ल्याउन लागि पर्नेछौं ।’

परियोजनाले मोरङको कटहरी र जहदाको केही वडालाई समेटेर कृषी जोन क्षेत्र घोषणा गरेको छ । कटहरीको २, ३, ४ र ६, जहदाको ३ र ४ नम्बर वडालाई समेटेर ८ सय हेक्टर जग्गामा तरकारी जोन घोषणा गरेर व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएको छ । उक्त जोनबाट उत्पादन भएको बस्तु विक्री वितरण गर्नको लागि कोल्ड स्टोर निमार्णको लागि परियोजनाले गत मंसिर १३ गते सूचना जारी गरेको थियो । त्यसपछि उपयुक्त स्थान कटहरीको फलफूल तथा तरकारी थोक बजार भित्र उपयुक्त भएपछि त्रिपक्षीय सम्झौता गरिएको इकाइ प्रमुख मनोज कुमार यादवले बताए ।

१५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरमा तीन वटा कोठा हुनेछ । ५ टन क्षमताको तीन वटा कोठा रहनेछ । प्रविधिमा आधरित निमार्ण हुने कोल्ड स्टोर कृषक र व्यवसायिक प्रयोजनको लागि भाडामा लइनेछ । ‘कृषकहरूले कृषीजन्य उत्पादन एक हप्तासम्म भण्डारण गरिएको शुल्क लाग्नेछैन । त्यसपछि उचित शुल्क लाग्नेछ । अन्य उत्पादक उद्यमी व्यवसायीहरुको सामाग्रीहरु भण्डारण गर्दा नियमानुसार शुल्क लिई सेवा दिइनेछ,’ इकाइ प्रमुख यादवले भने, ‘कोल्ड स्टोर निमार्ण भएपछि कार्यविधी बनाएर काम गरिनेछ ।’

कृषक र व्यवसायिक प्रयोजनको लागि कोल्ड स्टोरको माग बढदै गएमा थप विस्तार गरिने उनले बताए । ‘माग वृद्धि हुँदै गए आगमी आर्थिक वर्षहरूमा भण्डारण क्षमता वृद्धि गर्दै जाने योजना रहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर