animated ellipse animated ellipse

‘भूकम्प सुरक्षा कृत्रिम अभ्यास’ प्रदर्शन गरि जनचेतना जागृत गराइयो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ माघ २०७९, सोमबार १६:०४
63
Shares
विराटनगर / भूकम्प एवं दैवी प्रकोपको समयमा गर्नु पर्ने सावधानी एवं जनधनको क्षति न्यूनिकरण गर्न अपनाउन पर्ने सुरक्षाका सम्वन्धमा आज विराटनगरमा ‘कृत्रिम घटना अभ्यास’ प्रदर्शन गरि जनचेतना जागृत गराइएको छ ।

प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालय, नेपाली सेनाको भैरव दल गण थलहा मोरङ, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विराटनगर महानगरपालिकाद्वारा संयुक्त्त रुपमा २५ औं भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा विराटनगर–२ स्थित खुल्ला मैदानमा ‘कृत्रिम घटना अभ्सास’को क्रममा भूकम्प आउँदा मानिसको जीवन रक्षा आगलागीमा जोखिम न्यूनिकरण गर्न अपनाउनु पर्ने सावधानी एवं उनीहरुको उद्धार र उपचारमा प्रयोग गरिने विभिन्न सामाग्रीको प्रयोगको प्रदर्शन गरिएको थियो ।

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार ’ नाराका साथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले संयुक्त्त रुपमा अभ्यासको क्रममा तीन तल्ले घरमा रहेका घाइतेको उद्धार,भुकम्पको घरवाट थिचिएका मानिसको उद्धार र आगोवाट उद्धार गरी उपचारका लागि पु¥याउने लगायतका कृत्रिम अभ्यास देखाइएको थियो ।

सो अवसरमा नेपाली सेनाले उद्धारका बेला प्रयोग गरिने विभिन्न औजार, जीवन रक्षक ज्याकेट, मोटरबोट लगायतका सामाग्रीको प्रदर्शनी गरिएको थियो । मन्त्रालयका सचिव उमेश बस्नेत,कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, नेपाली सेना थलहाका प्रमुख प्रमुख सेनानी अमृतबहादुर थापा मगर लगायतले उद्धार कार्यक्रमा अवलोकन एवं निरीक्षण गरि आवश्यक निर्देशन समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर