AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

झापा वारको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ फाल्गुन २०८१, शुक्रबार १८:१९
180
Shares
झापा / झापा वारका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आजदेखि पदभार सम्हालेका छन्।

झापा वारको कार्यालयमा आयोजित पद हस्तान्तरण कार्यक्रममा निवर्तमान कार्यसमितिले नवनिर्वाचित समितिलाई पद हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिवक्ता हरि अधिकारी र प्रमुख अतिथिले नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।
पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष अधिवक्ता नारायणप्रसाद भट्टराईले आफ्नो २ बर्षे कार्यकालमा गरेका महत्वपूर्ण कामका बारेमा जानकारी गराउदै नयाँ अध्यक्ष अधिवक्ता बसन्त नेपाललाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना दिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल वार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता सुरज खत्रीले नव निर्वाचित झापा वार एशोसियसनले अदालत र वार बीचमा सुमधुर सम्बन्ध कायम राख्न जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने बताए ।

नवनिर्वाचित पदाधिकारीले न्याय सम्पादनलाई छिटो छरितो बनाउन र पेशागत हक हितमा काम गर्ने प्रतिवद्धता जाहेर गरे।

्नवनिर्वाचित झापा वार ईकाई सहसचिव एवं महिला विभाग अध्यक्ष अधिवक्ता सानु कार्की (बस्नेत) सिताले कानून ब्यबसायीले पक्षको तर्फबाट बहस पैरवी मात्र गर्ने होईनकी निष्पक्ष र स्वच्छ न्याय सम्पादनका लागी पहरेदारको भूमिका खेल्नुपर्ने भन्दै नयाँ समितिले देखिने गरी कार्य सम्पादन गर्ने र महिला हिंसा गर्ने जो कसैलाई पनि कानुनी दायरामा ल्याउन पहल गर्ने भनी बताइन् ।

निर्वाचन समितिका संयोजक हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा वरिष्ठ अधिवक्ताहरू दामोदर सापकोटा, कुलप्रसाद दाहाल, टंकप्रसाद उप्रेती, गजेन्द्र प्रसाद आचार्य र अधिवक्ताहरु अशोककुमार पोखरेल, उत्तम पौडेल र टंकप्रसाद दंगाल समेतले नया कार्य समितिलाई शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर