पूर्वाञ्चल खबर
नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भार्इ भनिने आयुष दाहाल सहितको टोली क्याम्पस इकार्इ गठन गर्न भन्दै आज विहानै क्याम्पस पुगेका थिए । आफूहरुको स्वीकृति विना क्याम्पसमा इकार्इ कमिटी गठन गर्न लागेको भन्दै स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलको समूहले वञ्चरो, तरवार र लाठीले प्रहार गरेको हो ।
स्ववियु सभापति रहेका पौडेल देउवा समूहका हुन् । पोखरेल भने कोइराला पक्षका हुन् । उनीहरूबीचको झडपमा परेर नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आक्रमण उत्रिनेहरुमा जसवन्त पौडेलसहित, स्ववियु सचिव एलिस ठकुरी, सदस्यहरु प्रशान्त यादवलगायतको टोली संलग्न रहेको बताइएको छ । घटनाको विषयमा आफूहरुलाई थाहा भएपनि घाइते भएको र अस्पताल भर्ना भएको विषयमा थाहा नभएको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले बताए ।