animated ellipse animated ellipse

भारतीय प्रधानमन्त्री मोदीको विराटनगरमा पुत्ला दहन(फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० बैशाख २०७७, मंगलवार १९:३१
3
Shares
विराटनगरको रोडशेषमा विद्यार्थीले गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनलाई रोक्दै प्रयासमा प्रहरी । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / नेपालको भूमि लिपुलेकमा भारतले जानकारी नै नदिइ सडक निर्माण गरेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि विश्व लकडाउन भएको मौका छोप्दै लिपुलेकमा शुक्रबार भारतले नयाँ सडक निर्माण गरी उद्घाटन गरेको थियो । नेपाली भूमी मिचेर चीनको सीमा मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा अनेरास्ववियू विराटनगरले आज प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो ।

अनेरास्ववियू सम्वद्ध युवाहरुले विराटनगरको रोडशेष चोकमा मोदीको २ वटा पुत्ला जलाएका हुन् । उनीहरुले नेपाली भुमि फिर्ता गर, लिपुलेक–कालापानी र लिम्पियाधुरा हाम्रो हो, बेईमान छिमेकी चाहिँदैन्, भारतीय दादागिरी मुर्दावाद जस्ता नारा लगाएका थिए । पुत्ला दहनका क्रममा पुगेको प्रहरीहरुले विद्यार्थीहरुले जलाउदै गरेको मोदीको पुत्ला खोसेका थिए । पुत्ला दहन गरेको खोस्नेक्रममा विद्यार्थी र प्रहरीबीच ठेलामठेल समेत भएको थियो ।

भारतले नेपालको लिपुलेक भूमी मिचेर सडक निर्माण गरेसँगै काठमाडौंलगायत विभिन्न जिल्लाहरुमा प्रदर्शन भइरहेको छ । प्रतिपक्षसँगै सत्तापक्षकै सांसद तथा नेताहरुले पनि संसदमा भारतको उक्त मिचाह कदमको विरोध जनाउँदै आएका छन् । नेपाल–भारत सीमा विवादको विषय अन्तराष्ट्रिय अदालतमा लैजानुपर्ने उनीहरुको भनाइ छ । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर