ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जना संक्रमतिको मृत्यु, ९५३ संक्रमण मुक्त र ३५७ संक्रमित थपिए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ असार २०७८, शुक्रबार १७:३९
1.13k
Shares
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या ११६० पुगेको छ । जस्मा ३४६ महिला र ८१४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सवै भन्दा बढी सुनसरीका ६ जना संक्रमितको मृत्यु भएको छ भने झापाका ३ जनाको मृत्यु भएको छ । त्यस्तै मोरङका २ जना, इलाम र पाँचथरका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा प्रदेश १ मा ९५३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४२३ महिला र ५३० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५९ हजार ४३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३५७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १००, मोरङमा ९८, सुनसरीमा ८९, पाँचथरमा ३०, धनकुटामा १२, संखुवासभामा ७, ते¥हथुममा ४, इलाम र भोजपुरमा २–२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ३७, मेचीनगरमा १५, दमकमा १३, भद्रपुरमा १०, कनकाईमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, बा¥हदशीमा ३, गौरादह र शिवसताक्षीमा २–२ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ३६, बेलबारीमा २२, लेटाङमा १०, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ५, उर्लाबारीमा ४, रतुवामाई, कटहरी, बुढीगंगा र कानेपोखरीमा २–२, सुनबर्षी, केराबारी, मिक्लाजुङ र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ४८, धरानमा २३, इनरुवामा २, बराहक्षेत्र, बर्जु, भोक्राहानरसिंह, गढी, दुहवी र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा २७, कुम्बायकमा २ र याङवरकमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा ४, लालीगुराँस, छथर र स्थानीय तह नखुलेका १–१, संखुवासभाको सभापोखरीमा ६ र खाँदबारीमा १, ते¥हथुमको म्याङलुङमा ४, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, भोजपुरको पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङ, खोटाङको केपिलसगढी र उदयपुरको उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार ९६४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ३७४ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६२ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर