animated ellipse animated ellipse

सोमबार ज्योतीले तताउँने भइन् विराट राजवंशी महत्सोव मेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ आश्विन २०७९, आईतवार १६:३९
1.91k
Shares
विराटनगर / विराटनगरका हाटखोल मैदान जारी दोस्रो विराट राजवंशी महत्सोव मेलामा सोमबार उत्तेजित साईरीबाट आफ्नो प्रस्तुती गर्न लोक गायिका ज्योती मगरले आउँने भएकी छिन् ।

असोज १० गते सञ्चानल मेलामा गायिका मगरले विराटनगरमा युव युवतीलाई छमछम नचाउँने आयोजकले जनाएको छ ।

उत्तेजित शैलिमा प्रस्तुत दिन माहिर ज्योति मगरले सोमबार साँझ ८ बजेदेखि करिव १ घण्टा मेलाको माहोल तताउँने मेला सञ्चालक झापाको दमकमा रहेको सयपत्री इन्टरटेन्टमेन्टका सञ्चालक तिलबहादुर तामाङले बताए ।

गायिका ज्योति मगरले आफ्नो चर्चित एक दर्शन गीत प्रस्तुत गर्ने तामाङ बताए ।

महोत्सवमा असोज १८ गते अनु चौधरी, १९ गते टंक बुढाथोकी,आर्यन बुढाथोकी र अशोक दर्जी र अन्ति दिन २१ गते नेपालका चर्चित गायक प्रमोद खरेलले प्रस्तुती दिने मेला सञ्चालक तामाङले जानकारी दिए ।

यस अघि महोत्सवमा गायक बलबहादुर राजवंशी, हास्य गायक श्रीकृष्ण लुइटेल ,गायिका मेलीना राई तथा स्थानिय कलाकारहरुले प्रस्तुती दिइसकेका छन् ।

मेलामा बाल उद्यान, रोटेपिङ,ड्रागन रेल, झुलालगायतका देलबाट बच्चमहरु मनोरञ्जन लिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर