AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘खेलकुदको विकासमा कांग्रेसले सहयोग गर्छ’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ पुष २०७८, बिहीबार १९:४४
171
Shares
विराटनगर / अब आउने दिनमा नेपाली कांग्रेसले खेलकुदलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

आज विराटनगरमा नेपाली कांग्रेस आवद्ध खेलकुद परिवारले आयोजना गरेको १४ औं महाधिवेशनमा मोरङबाट निर्वाचन केन्द्रीय सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा केन्द्रीय सदस्यहरुले अब आउने दिनमा खेलकुदलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य अमृत अर्यालले सबैको संयुक्त प्रयत्न र प्रयासले खेलकुद क्षेत्रलाई अगाडि बढाउँदै लग्ने बताए । उनले मोरङबाट खेलकुदका लागि लिखित प्रतिवेदनसहित आएमा काम अगाडि बढाउन सहयोग मिल्ने र यस क्षेत्रलाई सक्दो सहयोग प्रतिबद्धतासमेत व्यक्त गरे । “खेलकुदका लागि के कस्ता नीति बनाउनुपर्छ, स्पष्ट मार्गचित्रसहित तपाईंहरु आउनुहोस् हामी सहयोग गर्न तयार छौं,” अर्यालले भने ।

त्यसै केन्द्रीय सदस्य डा. डिला संग्रौलाले खेलकुदको विकास नगरे राष्ट्रको बिकास नहुने भएकाले अब आउने नयाँ बजेटमा खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्नेमा जोड दिइन् । विराटनगर महानगरका मेयरसमेत रहेका अर्का केन्द्रीय सदस्य भीम पराजुलीले खेलकुदलाई दिगो बनाउन र व्यवसायिक खेलाडी उत्पादन गर्नका लागि नेपाली कांग्रेसले दिगो खेलकुद नीति बनाएर अगाडि बढ्ने बताए ।

सो अवसरमा पूर्व वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानिया, टेबुल टेनिस संघका केन्द्रीय सदस्य अनुज बानिया, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका केन्द्रीय अध्यक्ष रञ्जन थापा, लोकतान्त्रिक खेलकुद संघ प्रदेश–१ का संयोजक वसन्त अर्याललगायतले अब आउने दिनमा मोरङलाई खेलकुदमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर