AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको शान्ति सुरक्षामा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण : कार्यबाहक मेयर कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ आश्विन २०८०, शनिबार ०६:३३
63
Shares
विराटनगर / विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले प्रदेश राजधानी विराटनगरलाई सुरक्षित राख्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

६८ औं प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले प्रदेश राजधानी विराटनगरमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन । राजधानी सुरक्षित भयो भने प्रदेशका अन्य स्थान पनि सुरक्षित हुने उनको भनाइ थियो । सीमित स्रोत साधनका बाबजुत पनि शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको कार्यबाहक मेयर कार्कीले बताइन् । उनले विराटनगरको सुरक्षाका लागि महानगरका तर्फबाट प्रहरीलाई सधैं सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, प्रदेश तालिम केन्द्रका प्रहरी प्रमुख एसएसपी राजन अधिकारी, एसएसपी जय सापकोटालगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्कीले रक्तदान कार्यक्रमको समेत शुभारम्भ गरिन् । प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर