खबर पूर्वाञ्चल
विराटनगर वडा न.९ मा रहेको गुद्रिबजार क्षेत्रमा रहेको १४ कट्ठाजग्गामाउक्तव्यापारिक कमप्लेक्स बन्नलागेको हो । आज विराटनगर महानगरमा आयोजित एक कार्यक्रमकाबीच विराटनगर महानगर र प्रदेश सरकार प्रदेश नं.१ ले व्यापारिक कमप्लेक्स बनाउने विषयमा समझदारी गरेका हुन् ।
प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्की ,विराटनगर महानगरका मेयर भीम पराजुली,उपमेयर इन्दिरा कार्की,वडा नं. ९ का वडाध्यक्ष बिश्वनाथ भगतलगायतको उपस्थितीमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा.सरोज कोइराला र महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
परियोजनाको काम आगामी तीन महिना भित्रै शुरुवात हुने बताइएको छ । स्वदेसीलगानीकर्ताहरुकै लगानीमा बन्ने उक्त कमप्लेक्सको लगानी झण्डै ५ अरब भन्दा बढिको हुने कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्कीले प्रदेश १ को राजधानीकारुपमा रहेको विराटनगरले अन्तराष्ट्रिय स्तरको व्यापारिक कमप्लेक्स पाउन आटेको बताए । यो योजनाले शहरको सुन्दरता,स्थानिय आर्थीक उपार्जन हुनका साथै आर्थीक रुपमा विराटनगर महानगर समेत सवल बन्ने कार्कीले बताए । विराटनगर महानगरका मेयर पराजुलीले नगरवासीको दीर्घकालिनहितलाई ध्यानमा राख्दै परियोजनालाई अगाडी बढाएको बताए । कुनै पनि विकास आफ्नै पालामा सम्पन्न हुनुपर्छ जरुरी छैन मेयर पराजुलीले भने “राम्रो कामको शुरुवात भएको छ ,केही बर्षमै सम्पन्न हुनेछ ।” आधुनिक,सुविधा सम्पन्न र अन्तराष्ट्रिय स्तरको व्यापारिक भवन बन्ने हुदा विराटनगर थप गतिशिल शहरकारुपमा स्थापितहुने मेयर पराजुलीको भनाइ थियो ।
वडा नंं ९का वडाध्यक्ष भगतले व्यापारिक कमप्लेक्स बनाउन वडास्तरवाट गर्ने सवैखाले प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै परियोजना संझौताको रोहवरमा विराटनगर महानगरका सामुदायिक शाखा प्रमुख पुनम दाहाल र प्रदेश लगानीप्राधिकरण प्रदेश १ का अधिकृत वासुदेव कुवर रहेका छन् ।
व्यापारिक कमप्लेक्स भवन ३ वर्षभित्र बनिसक्ने छ भने यसमा निजि सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली,२०७६ मा भएको कानूनी व्यवस्थाको अधीनमा रही परियोजना सम्पन्न गरिने भएको छ ।
हरित विराटनगर बनाउनुपर्नेमा कंकृटको जंगल खडा गर टुच्चा नेता हो । आखिर ठेक्कापट्टा आफ्नै कार्यकर्ताले पाउने हुन् । जनतालाई व्यापारिक भवन होइन, सार्वजनिक पार्क, सफा शहर, स्वच्छ हावा आदि चाहिएको छ । एउटा गतिलो सार्वजनिक शौचालय नभएको महानगर हो विराटनगर । लाज लाग्दैन नेता हो ? हेरौं यसपाली कल्ले भोट दिँदा हुन् ?