animated ellipse animated ellipse

महानगरका स्वास्थ्यकर्मीहरुलाई बाल स्वास्थ्य विशेष आधारभूत तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ कार्तिक २०८१, बिहीबार १६:५१
45
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीहरुका लागि बाल स्वास्थ्य विशेष आधारभूत तालिम सुरु भएको छ ।

तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई बालबालिकाको स्वास्थ्य उपचारमा लगाउन आग्रह गरे । उनले बाल स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउँदै मेयर कोइरालाले बालबालिकामा लागेको रोगको पहिचान गरी रेफर गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, अनुरागसिंह कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ स्वास्थ्य महाशाखाका अधिकृत रमेश कार्कीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर