काठमाण्डौ विश्वविद्यालयको विस्तारित शैक्षिक कार्यक्रम अब विराटनगरमा

खबर पूर्वाञ्चल, २८ असार २०७९, मंगलवार १८:५४
702
Shares
विराटनगर / गुणस्तरीय शिक्षामा सधै कट्टीवद्घ रहेको काठमाण्डौँ विश्वविद्यालयले विस्तारीत शैक्षिक कार्यक्रम प्रदेश १ मा ल्याएको छ ।

राष्ट्रयलाई र अन्र्तराष्ट्रिय बजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाण्डौ विश्वविद्यालयले विस्तारित कार्यक्रम विराटनगरमा लिएर आएको हो । काठमाण्डौ विश्वविद्यालयले विराटनगरस्थित एस्पाएर कलेजबाट कक्षाहरू संचालन गर्ने भएको छ ।

विद्यार्थी र अभिभावकको चाहना अनुरुपका शैक्षिक कार्यक्रमहरु सहित विश्व स्तरीय शिक्षा प्रदान गरीरहेको काठमाण्डौँ विश्वविद्यालयले नेपाल र अन्र्तराष्ट्रिय बजारका माग र आवश्यकताका आधारमा शैक्षिक कार्यक्रमहरु लिएको बताएको छ ।

काठमाण्डौ विश्वविद्यालयले यही नयाँ शैक्षिक शत्रबाट चार वर्षै स्नातकमा बी टिएच बिएड, आइटीको कार्यक्रम ल्याएको छ । यस्तै बीपिएच कार्यक्रमहरु विराटनगरस्थित एस्पाएर कलेजबाट संचालन हुने भएको अध्यक्ष विकास अधिकारीले जानकारी दिए । काठमाण्डौँ विश्वविद्यालयको विस्तारीत कार्यक्रमका रुपमा एस्पाएर कलेजले नातक कार्यक्रम भएकाले यस कार्यक्रममा भर्ना हुन प्लस टु उत्तीर्ण हुनु विद्यार्थीले अध्यापन गर्न पाउनेछन् । नतिजा पर्खिरहेका विधार्थीहरुले आवेदन दिन पाउने कलेजले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५