दमकको ९२ बर्षीय कोरोना संक्रमित बृद्धको विराटनगरको कोभिड अस्पतालमा मृत्यु

खबर पूर्वाञ्चल, ३० चैत्र २०७७, सोमबार १३:२६

विराटनगर/विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड अस्पतालमा तीन महिनापछि कोरोना संक्रमितको मृत्यु भएको हो । यस अघि गत पुस २६ पछि पछिल्लो पटक संक्रमणबाट मृत्यु भएको हो ।

झापाको दमक ८ का ९२ बर्षीय बृद्धको आईतबार राती कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो । चैत २५ गते परिवारका ५ जनालाई संक्रमण भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

मधुमेहबाट पीडित बृद्धको राती १२ बजे मृत्यु भएको कोभिड अस्पतालका एपोलो भगतले जानकारी दिए । उनका अनुसार बृद्धको मृत्यु भएपछि परिवारका अन्य ४ जनापनि घर फर्कीएका छन् । संक्रमणमुक्त नभई उनीहरु मृतकको शव लिएर घर गएका हुन् । लक्षण नभएकाले घर जान दिईएको भगतले बताए । प्रदेश १ मा अहिले १ सय १६ जना संक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५