भन्सार छली गरेको आशंकामा प्रहरीले ४० लाख मुल्य बरावरको सामान बोकेको ट्याक्टर मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको ट्याक्टर प्रहरीले राजस्व कार्यालय इटहरी सुनसरीमा आवश्यक अनुसन्धानको लागि बुझाएको छ ।
विराटनगर महानगरपालिका ४ स्थित विराटनगर ईटहरी सडक खण्डमा भारती नम्बर प्लेटको बीआर ३३ जिबी २६२७ नं. को ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडा लगायतको ४० लाख मुल्य बरावरको सामान राजस्व छली गरेको आंशकामा प्रहरीले टेयाक्टर बुधबार नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘भन्सारबाट जाँच पास भएर आएको सवारीले भन्सार छली गरेको आशंकामा नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘थप अनुसन्धानको लागि राजस्व कार्यालय इटहरीमा बुझाएको छ ।’ इटहरीस्थित राजस्व कार्यालयले अनुसन्धान गरेपछि भन्सार छली गरेको वा होइन खुल्ने उनले बताए ।
प्रहरीले ट्याक्टर चालक भारतको अरेरिया जोगवनी वडा नं. १० टिकुलीयाका ३४ वर्षिय श्याम चौधरीलाई पनि नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद गरेको सामान भन्सार एजेन्ट चेतनाथ पौडेलका प्रतिनिधीले लालबचन यादवले भन्सार कर्मचारीसँग मिलेर भन्सार छली गरेको आरोप छ । विद्या केलिरिङ कन्सनका प्रतिनिधी रहेका यादव व्यापारीहरूको सामान भन्सारका कर्मचारीहरूसँग मिलेमतो गरि कम मुल्यकान गरि भन्सार छली गर्ने गरेको स्रोतको दाबी छ ।
तपाईको प्रतिक्रिया