RUMPUM
animated ellipse animated ellipse

एमालेको प्रदेश स्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ कार्तिक २०७९, शुक्रबार १८:०९
126
Shares
विराटनगर / नेकपा (एमाले) प्रदेश १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेश स्तरीय चुनावी प्रतिवद्धतापत्र तयारी गरेको छ ।

तयारी समितिका सचिव यज्ञप्रसाद शर्माका अनुसार सो प्रतिवद्धतापत्रको तयारी अन्तिम चरण पुगेको र कात्तिक १९ गते शनिवार सार्वजनिक हुँदैछ ।

पार्टी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरे लगत्तै आउन लागेको प्रदेश प्रदेशस्तरीय प्रतिवद्धतापत्र एक नम्बर प्रदेशको वस्तुगत अवस्था र मौलिकतामा आधारित हुने जनाइएको छ ।

प्रतिबद्धतापत्रमा प्रदेश १ लाई आत्मनिर्भर बनाउने र मुलुकको समृद्धिमा योगदान गर्ने लगायतका विषयहरु प्राथमिकतामा राखिएको सचिव शर्माले बताए ।

प्रतिवद्धता पत्रमा प्रदेश १ लाई मुलुकमा प्रवेश गर्ने द्वारका रूपमा विकास गर्ने कुरा समावेश गरिएको छ । त्यसका लागि विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने, एसियन हाइवेमार्फत भारत, बंगलादेश, भुटान, चीन, बर्मासँग जोड्ने, हवाई सेवाबाट हङकङ र थाईल्याण्डसँग जोड्ने, किमाथाङ्का–जोगबनी सडक खुलेपछि सामान र मानव आवागमनको क्षेत्र बन्ने सम्भावनाको अधिक्तम उपयोग गर्ने कुरा प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

गरिबीलाई सम्बोधन गर्न विपन्न वर्ग परिचयपत्र वितरण गर्ने, एमालेको सरकारले शुरू गरेका प्रदेश गौरवको आयोजना पूरा गर्नेलगायतका विषयहरु प्नि प्रतिवद्धतापत्रमा समेटिएको जनाइएको छ ।

सचिव शर्माका अनुसार संघीय राजधानीसँग जोड्ने छोटो जलमार्ग र सडकमात्र खोल्ने, हिमालको उपयोग, छोटो ट्रयाकबाट हिमाल लैजाने, हिमाल चढ्नेहरूका लागि तालिम दिने, माउन्टेनियरिङ इन्स्टिच्युट बनाउने, युवा वर्ग र युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने तथा रोजगारी सिर्जना गरिनेजस्ता विशेष महत्वका कार्ययोजनाहरू प्रदेशको प्रतिवद्धतापत्रमा समेटिएको छ ।

सो प्रतिवद्धतापत्र शनिवार सार्वजनिक भएपछि प्रदेशका आममतदाताबीच पु¥याइने एमाले प्रदेश १ कमिटीको योजना रहेको छ ।

एक नम्बर प्रदेश अध्यक्ष तुलसी न्यौपानेको संयोजकत्वको विशेषज्ञ समितिले तयार गरेको सो प्रतिवद्धतापत्र एमालेको प्रदेश कार्यालबाट सार्वजनिक हुने जनाइएको छ । प्रतिवद्धतापत्र सारभूत रुपमा केन्द्रको घोषणापत्रमा आधारित भएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर