AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटचोकमा रहेका फुलफूल र तरकारी पसलमा आगलागी हुँदा १० लाखभँदा बढीको क्षती

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ आश्विन २०७७, बिहीबार ०९:०५
324
Shares
विराटनगर / मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा रहेका फुलफूल र तरकारी पसलमा आगलागी हुँदा १० लाखभँदा बढीको क्षती भएको छ ।

फुलफूल र तरकारीको गोदामनै रहेको घरमा बुधबारराति अचानक आगलागी  हुँदा १० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले श्यामबाबु सुँडीको फलफूल र सुम्निमा श्रेष्ठको तरकारी पसलमा आगलागी भएको जानकारी दिए । उनका अनुसार सुँडी र श्रेष्ठले पूर्णप्रसाद ढकालको जग्गा संरचना बनाएर पसल सञ्चालन गर्दै आएका थिए ।

प्रहरीले विद्युत सर्ट भएर घटना भएको हुन सक्ने आशंका गरे पनि आगलागीको कारण खुलिसकेको छैन । ढकालका अनुसार आगोले दुवै पसल र पसलभित्र रहेका सबै सामान जलेर नष्ट हुँदा १० लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगो बेलबारी र सुन्दरहरैँचा नगरपालिकाबाट गएका दमकल, स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । प्रनि ढकालले समयमै आगो नियन्त्रणमा लिन सकिएका कारण अन्यत्र फैलिएर थप क्षति हुन नपाएको ढकालको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर