animated ellipse animated ellipse

कर्मचारी सरूवामा पैसाको चलखेल कोही बच्दैन्, कडा कारवाही गर्छौ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ मंसिर २०८०, बिहीबार १९:१२
351
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशभरिमा कर्मचारी सरूवामा पैसाको चलखेल गर्नेलाई कारवाही हुनबाट कसैले बचाउन नसक्ने बताएका छन् ।

खानेपानी, सिचाई तथा उर्जा मन्त्रालयका कर्मचारीहरूसँगको छलफलमा आज मुख्यमन्त्री कार्कीले प्रदेशवासीलाई सेवा गर्न आउने कुनैपनि कर्मचारीले सरूवाको नाममा कसैलाई पैसा नदिन र दिएको वा लिएको पाइएमा कारवाही भोग्न पनि तयार रहन निर्देशन दिएका हुन् । कुनै कर्मचारीले सरूवाको लागि कही नधाउनु किनकी नियमसङ्गत ढंगले मात्रै सरूवा हुने परिपाटी बसाउने आफ्नो योजना भएको सुनाए ।

“सांसदहरूको चिटकै योजनामा अहिलेसम्म सबै अल्मलिनुभयो तर अब आफ्नो सम्पूर्ण उर्जा, बुद्धि, ज्ञान लगाएर अब प्रदेशको तत्कालीन र दीर्घकालीन योजनाको काममा सबै कर्मचारी लाग्नुहोस,”उनले भने, “काठमाडौं विश्वविद्यालयसँग समन्वय गरेर हाइड्रोजनबाट चल्ने सवारी साधन चलाउने तिर लाग्नुहोस् । हामीले बजेट उपयोग गरेर मानव उपयोगी काम किन नगर्ने ?”

मुख्यमन्त्री कार्कीले सिचाई मात्रै उपलब्ध गराउन सकिए ६ महिनामा नै मकै उत्पादन गरेर अन्य प्रदेशमा निर्यात किन नगर्ने ? भइन्दै छिट्टै प्रतिफल आउने योजनामा बजेट उपयोग गर्न निर्देशन दिए । “हामी विकास निर्माणसँगै अनुसन्धान पनि गर्दै लगौं र त्यसका लागि यहाँका विश्व विद्यालय र क्याम्पससँग समन्व्य गरौं,”उनले भने,“मन्त्रालयको काममा मन्त्रीको कुनै अबरोध हुँदैन र अवरोध गर्ने जोसुकै मन्त्रीलाई मुख्यमन्त्रीले हटाउन सक्छ तर तपाईहरूलाई कसैले हटाउन सक्दैन । कर्मचारीले जानीजानी गल्ती गरेको अवस्थामा कारवाही भोग्नु पर्छ ।”

खानेपानीको समेत कार्यभार यस मन्त्रालयमा रहेकोले जबर्जस्ती भएपनि खानेपानी खुवाउनै पर्छ किनकी त्यसले मानिसलाई रोग लाग्दैन, स्वस्थ्य रहन्छ र उसले काम गर्न पाउने विषय सबैलाई बुझ्न मुख्यमन्त्री कार्कीले निर्देशन दिए । “मर्मत सम्भारको कामलाई नियमित रूपमा अघि बढाउन नसकेकाले सानो काममा ठूलो लगानी भइरहेको छ अब त्यस्तो हुनुहुँदैन,ञ उनले भने, बेरूजु फर्छयौटको कामलाई तिव्रता दिएर शून्यमा ल्याउन र असुल उपर गर्नुपर्नेसँग कानून बमोजिमको प्रक्िया तत्काल सुरू गर्नुहोस् ।”

उनले जनतालाई निःस्वार्थ सेवा दिउँ अनि प्रदेशवासीले खुशी भएर कर तिर्ने वातावरण निर्माण गर्न निर्देशन दिए । उनले कर्मचारीले काम छोडेर कसैलाई नमस्कार नगर्नं र काम पहिलो प्राथमिकता हुनुपर्ने बताए । कार्यालयमा कसैले कसैलाई कुनै बहानामा विभेद र दुव्र्यवहार नगर्न पनि सुझाव दिए । खुशी भएर परिणाममुखी काम गरौं भन्दै
मुख्यमन्त्री कार्कीले पानीको आवश्यक्ता कहाँ छ जसले कृषिको उत्पादन बढाउँछ र मानिस स्वस्थ्य रहन्छ त्यो काम तत्काल अघि बढाउन निर्देशन दिए । “कानून मिचेर काम नगरौं, त्यसमा कुनै समस्या छ भने त्यो समंशोधन गरेर काम गरौं ।,ञ उनले भने, झकाम गर्ने क्रममा आउने जस्तोसुकै अप्ठयारो अवस्थामा सरकार साथमा रहन्छ । निर्धक भएर काम गरौं,” उनले भने ।

ऐेन बनाउन बाँकी भए तत्काल निर्माण प्रक्रियामा लाग्नुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले सरकारले गरिवलाई धनी बाउने हो र धनीलाई संरक्षण गर्ने बताए । भने,“सरकार मन्त्री र मुख्यमन्त्री मात्रै होइन मन्त्रालय मातहत कुचिकार पनि सरकार हो त्यही सम्झेर काम गरौं । कहीबाट कसैले गुनासो गर्न नपाउन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर