इप्रका रानीको सुविधा सम्पन्न भवन उद्घाटन

खबर पूर्वाञ्चल, १२ माघ २०७७, सोमबार १९:४९

विराटनगर/ ५ करोड ८६ लाखको लागतमा निमार्ण भएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरको नव निर्मित भवनको उद्घान गरिएको छ । नव निर्मित भवनको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी प्रद्युन्न कार्कीले आज उदघान गर्नुभएको हो ।

नव निर्मित भवनमा महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको लागी सहज पहुच हुने किसिमको निर्माण भएको छ । विभिन्न मुद्दामा पक्राउ परेका आरोपीहरूलाई राख्ने हिरासत कक्ष पनि व्यवस्थित निमार्ण गरेको छ । यस अघि जिर्ण रहेको भवनमा बनेको हिरासत कक्षदेखि एक जना थुनवा फरार भएका थिए । फरार भएका कर्तब्य ज्यान मुद्दा प्रतिवादीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

छोटो समयमा निर्माण सम्पन्न भएको नयाँ भवनबाट प्रहरी कर्मचारीहरूलाई सेवा प्रदानमा सहज हुने मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । भारतसँग सिमा जोडिएको ईलाका प्रहरी कार्यालय रानी विगतमा जिर्ण अवस्थामा भएका कारण यसलाई व्यवस्थित रुपमा बनाइएपछि अहिले यो दक्षिणीभेगको लागी नमुना प्रहरी कार्यालय बन्न पुगेको विराटनगर १५ का वडाअध्यक्ष अस्लाम आलमले बताए ।

प्रदेश नम्बर १.को मुख्य अन्तराष्ट्रिय नाकाको रुपमा रहेको पुरानो भवनमा संरचना अपुग हुँदा अपराध अनुसन्धानमा समस्या हुदै आएको थियो । नवनिर्मित भवनबाट प्रहरीले सेवाग्राहीलाई प्रदान गर्ने सेवा सुविधाको लागी अत्यन्तै सहज हुने प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआईजी ईश्वर बाबु कार्कीले बताए ।

डिएफआईडीको सहयोग तथा युएनओपिसद्धारा नयाँ भवन निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५