AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बहुभाषिक साहित्यकारको सम्मानमा भेटघाट तथा परिचर्चा कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०८२, शनिबार १८:०३
54
Shares
विराटनगर/बहुभाषिक साहित्यकार सन्तोषकुमार पोखरेलको स्वागत तथा सम्मानमा विराटनगरमा साहित्यिक भेटघाट तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्रष्टा समाज कोशी प्रदेशले खोटाङ सामाजिक सेवा मञ्चको कार्यालयमा आयोजना गरेको कार्यक्रममा बहुभाषिक साहित्यकार पोखरेलले आफ्नो लेखनका विषयमा चर्चा गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेलीको अध्यक्षतामा भएको कार्यक्रममा उनले प्रतिपादन गरेको ‘पोखरेलियन स्टेन्जा अर्थात छन्द’ का बारेमा स्रष्टाहरुलाई जानकारी गराएका थिए । उनले ‘पोखरेलियन छन्द’ मा लेख्ने तरिकासमेत सुनाएका थिए ।
‘पोखरेलियन छन्द’को प्रवद्र्धनकालागि विभिन्न स्थानम पुगेर स्रष्टाहरुसँग भेटघाट तथा छलफल गर्ने गरेको उनको भनाइ थियो । केही दिन अघि उदयपुरको सदरमुकाम गाईघाटमा समेत ‘पोखरेलियन छन्द’ विषयम गहन छलफल गरिएको पोखरेलले जानकारी गराए । उनले विराटनगरका स्रष्टाहरुसँग आफ्नो विचार सम्प्रेषण गर्न पाउँदा अत्यन्तै खुशी लागेको प्रस्ट्याए । सो अवसरमा पोखरेलले नेपाली, मैथिली, अंग्रेजी, रसियन भाषाका सिर्जना प्रस्तुत गरेका थिए ।

अग्रज साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार डा. देवी पन्थी, अनुवादक राजेन्द्र गुरागाईं, मुक्तक प्रतिष्ठान कोशीका अध्यक्ष बाबुराम पोखरेल, खोटाङ सामाजिक सेवा मञ्चका संस्थापक अध्यक्ष राजेश्वर निरौलालगायतले मन्तव्य व्यक्त गरेका थिए । साथै विभिन्न साहित्यकारहरुले ‘पोखरेलियन छन्द’बारे बहुभाषिक साहित्यकार पोखरेलसँग जिज्ञासा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर