AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शिक्षाप्रेमी कुँवरको विराटनगरमा श्रद्धाञ्जली सभा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ असार २०८१, शुक्रबार ०९:२०
342
Shares
विराटनगर / नेपालको आधुनिक शिक्षा अन्तर्गत अंग्रेजी माध्यमबाट पठनपाठन गराउन ४७ वर्ष अगाडि विराटनगरका दम्पती कमला-राजबहादुर कुँवरले स्थापना गरेको अरनिको बोर्डिंङ स्क’लले मुलुकमा स्तरीय शिक्षा प्रदान गरेर विश्वभरी आफ्ना उत्पादन दिइसकेको छ।

अरनिको स्कूलका संस्थापक अध्यक्ष राजबहादुर कुँवरको स्वास्थ्य स्थिति बिग्रंदो रहेको हुनाले आफ्ना छोराछोरी तथा श्रीमतीसँग अमेरिकामा बसोबास गरिरहेको अवस्थामा ८२ वर्षको उमेरमा असार ९ गते निधन भएको कुँवरको अरनिको स्कुल र कमला-राजबहादुर कुँवर सामाजिक सेवा गुठीको संयुक्त आयोजनामा श्रद्दाञ्जली सभा गरेका छ।

श्रद्दाञ्जली सभामा विराटनगरका स्कुलका शिक्षक, पूर्व शिक्षक, कर्मचारी तथा ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थितिले स्वर्गीय कुँवरको तस्विरमा फूलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने दीपेन्द्र अमात्य, राजेश कार्की, दिनेश श्रेष्ठ, दिनेशराज सुवेदी, रबिन श्रेष्ठ, डा. मीरा आचार्य, माया पौडेल, अम्बिका खरेल, विराटनगर १० का वडा अध्यक्ष अर्जुन गिरीलगायतले कुँवरको व्यक्तित्व र कृतित्वको चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर