खबर पूर्वाञ्चल
उनले संघीयता बलियो नभएसम्म मुलुकको विकाससमेत नहुने बताउनुभयो । इस्वी सम्वत् २०२३ को अवसरमा महानगररवासीसहित स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिंदै मेयर कोइरालाले तीनै तहको सरकार बीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरे ।
मेयर कोइरालाले अब संकीर्ण र साँघुरो मानसिकता बोकेर देशको विकास नहुने दाबी गरे । मेयर कोइरालाले शुभकामना सन्देश दिंदै स्थानीय तहलाई थप अधिकार सम्पन्न र स्रोतसाधनयुक्त बनाउनुपर्नेमा जोड दिए । स्थानीय तहको विकासले मात्रै समग्र मुलुकको विकास हुने मेयर कोइरालाले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।