हिमालय दर्शन कलेजद्वारा स्वास्थ्य तथा खाद्यन्न सामाग्री हस्तान्त्रण

खबर पूर्वाञ्चल, २९ जेष्ठ २०७८, शनिबार १६:२९

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा रहेको हिमालय दर्शन कलेज शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य तथा खाद्यन्न सामाग्री हस्तान्त्रण गरेको छ ।

आज कलेजमा एक कार्यक्रमको आयोजना गरि कलेजमा अध्ययनरत विद्यार्थीको नेतृत्वमा लकडाउनको अवधिमा भोकालाई खाना खुवाउँने, गरिवलाई खाद्यन्न सामाग्री वितरण गर्ने संस्थालगायतलाई स्वास्थ्य तथा खाद्यन्न सामाग्री वितरण गरेको हो ।

कलेजले कोशी अस्पताल ओसीएमसी वार्डका लागी २ हजार थान माक्स र १० लिटर सेनिटाइजर वितरण गरेको छ । त्यस्तै विक्की कार्कीको नेतृत्वमा पोखरियाका युवाहरुले भोकालाई खाना खुवाउँने अभियानलाई १० बोरा चामल तथा ग्रामिण भेगका विपन्न परिवारलाई राहत वितरण गदैृ आएको जहदाको लक्ष्मीनिया युवा क्लवलाई ५ बोरा चामल वितरण गरिएको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए ।

उनीहरु सवैलाई कलेजका क्याम्पस प्रमुख सापकोटा, निर्देशकहरु शैलेन्द्र शिवाकोटी, भेषराज पोखरेल, ज्ञानबहादुर खडका र कलेजका संस्थापकहरुले वितरण गरे ।

हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भए पनि कलेजले भने शैक्षिक गतिविधीलाई रोकेर अहिले सामाजिक कार्यमा लागी परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५