AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङको रंगेलीबाट ३ सय केजी गाँजा बरामद, दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ पुष २०७९, सोमबार ०६:४१
324
Shares
विराटनगर /प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले रंगेली नगरपालिका – १ बबियाका मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा अन्दाजी ३ सय किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। प्रहरीले राजवंशीसँगै धनकुटाको शहिदभूमि गाउँपालिका २ का २९ वर्षीय वचन भन्ने हस्न राईलाई पनि पक्राउ गरेको छ ।

राईले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी कोइरालाले दिए। पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर