खबर पूर्वाञ्चल
मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीले रंगेली नगरपालिका – १ बबियाका मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा अन्दाजी ३ सय किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। प्रहरीले राजवंशीसँगै धनकुटाको शहिदभूमि गाउँपालिका २ का २९ वर्षीय वचन भन्ने हस्न राईलाई पनि पक्राउ गरेको छ ।
राईले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी कोइरालाले दिए। पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।