पूर्वाञ्चल खबर
नेपाली प्रतिनिधि मण्डलमा नेपाली साहित्यकार तथा साँस्कृतिककर्मीको उपस्थिति रहेको छ। ७ सदस्यीय प्रतिनिधि मण्डलमा युवराज नयाँघरे, ऋषभदेव घिमिरे, राजेन्द्र गुरागाईं, मीनकुमार श्रेष्ठ “नवोदित” , राजेन्द्र के.सी. , हरिबोल ढकाल र रमेश मुनकर्मी रहेका छन् ।
अन्तर्राष्ट्रिय महोत्सवमा द्विदेशीय साहित्यिक- साँस्कृतिक आदानप्रदान, विषयगत कार्यपत्र, काव्य वाचन, लोक संस्कृतिको प्रस्तुति रहनेछ। छडा उत्सव परिचालन परिषदद्वारा आयोजित कार्यक्रमले नेपाल बङ्गलादेशबीच सामाजिक, साँस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रगाढ रहने विश्वास लिएको छ।