AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गोग्राहा कलेजमा स्नातकोत्तर तहको पठन–पाठन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ बैशाख २०८०, शनिबार १८:३४
1.88k
Shares
विराटनगर / विराटनगर बरगाछी स्थित गोग्राहा कलेजमा स्नातकोत्तर (एम.एड.) तहको पठन–पाठन सुरु हुने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले नेपाली, अंग्रेजी र ए.पि.एम. मुख्य विषय रहने गरि पठन–पाठन गर्न लागेको हो ।

आज कलेजले स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखिकरण कार्यक्रम पनि गरेको छ । भर्ना भएका विद्यार्थीहरूलाई विषयबस्तुसँग सम्बन्धित जानकारी गराउन अभिमुखिकरण कार्यक्रम गरिएको कलेजले जनाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकाय विशेष समिति अध्यक्ष तथा कलेजका प्राध्यापक वेदुकुमार खतिवडाले कलेजलाई अध्ययन र अनुसन्धानको केन्द्रको रूपमा स्थापित गर्न लागिरहेको बताएका छन् । शिक्षाशास्त्र संकाय पठन–पाठन हुने गोग्राहा कलेज विद्यार्थीहरूका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य भएको उनले बताए ।

गोग्राहा कलेजका प्राध्यापक तथा कलेज व्यवस्थापन समिति सदस्य लक्ष्मण गौतमले विराटनगरको पुरानो तथा शिक्षाशास्त्र संकाय अन्र्तगत यो कलेज परिचित रहेको बताए । वि.स. २०५७ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर कलेजमा बी.एड.को पठनपाठन सुरु भएको स्मरण गर्दै उनले भने, ‘यहाँबाट धेरै विद्यार्थी दक्ष जनशक्ति उत्पादन भइसकेका छन् । विभिन्न समयमा विद्यार्थीहरूले गोल्ड मेडल समेत प्राप्त गरिसकेका छन् । स्नातकोत्तरको पठन–पाठन पनि उत्कृष्ट बनाउनेमा हामी ढुक्क छौँ ।’ उनले भर्ना भएका सबै विद्यार्थीलाई नियमित पठन–पाठनमा सरिक हुन पनि अनुरोध गरे ।

गोग्राहा कलेज व्यवस्थापन समितिका अध्यक्ष दिपक चापागाईंले इतिहास बोकेको यस कलेजमा स्नातकोत्तर तहको पठन–पाठन सुरु हुनु गर्वको कुरा भएको बताए । गोग्राहाले स्नातकोत्तरको पठन–पाठन मार्फत आफ्नो उचाईलाई थप माथी पुर्याउने उनले विश्वास व्यक्त गरे । उनले गोग्राहा कलेजलाई थप उत्कृष्ट बनाउन लागि पर्ने समेत बताए ।

यस्तै क्याम्पस प्रमुख गोबिन्द अधिकारीले बैशाख २५ गतेबाट स्नातकोत्तरको पढाइ सुरु हुने बताए । स्नातकोत्तर तहमा ५० जनाको सिट रहेको उनले बताए । अनुभवि प्राध्यापकबाट अध्यापन गराइने बताउँदै उनले सबैलाई नियमित कक्षामा उपस्थित हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर