खबर पूर्वाञ्चल
रोटरी क्बल विराटनगर मिटडाउनको अध्यक्षमा युवा उद्योगी तथा पर्यटन ब्यवसायी पुन्य भट्टराई भएका छन् । भट्टराई सन् २०२०÷२०२१ को लागि रोटरी क्बल विराटनगर मिडटाउनको अध्यक्षमा पदभार ग्रहण गरेका हुन् । क्बलमा ५२ सदस्य रहेका छन् ।
क्बलको भावी अध्यक्षमा जय कमल अग्रवाल चयन भएका छन् । यस्तै क्बलको उपाध्यक्ष रामकुमार श्रेष्ठ, सचिव नविन भट्टराई, कोषाध्यक्षमा गिरीराज बस्नेत र क्लब निर्देशकमा श्रवणकुमार माझी, कुमार खतिवडा, सुजन थापा, घनश्याम काब्रा , केशरीचन्द बोथरा, नरेश बंशल छन् । यस्तै सदस्यहरूमा अश्विनी बंशल, निस्चल अधिकारी, बाबुराम नेउपाने, सुरज श्रेष्ठ, किरण ढुङ्गेल, सुजन सिक्देल रहेका छन् ।
क्लबका पदाधिकारीहरूलाई रोटरी एजी मधु काब्राले सपथ ग्रहण गराएका छन् ।
अध्यक्षमा निर्वाचित भट्टराईले आफ्नो कार्यकालमा विभिन्न सामाजिक कार्यक्रम गरि रोटरी क्बललाई समाजमा स्थापित गराउने बताए । एक वर्षको कार्यकालमा विराटनगर महानगरपालिकासँग सहकार्य गरि सामाजिक कार्यक्रम गर्ने उनले प्रतिबद्धता जनाए ।
विराटनगर–४ एयरपोट मोडदेखि एयरपोटसम्म करिब ५ सय मिटर २४ घण्टै उज्यालो शहर बनाउने योजना अगाडी बढेको भट्टराईले बताए । ‘उज्यालो सहर बनाउने प्रस्ताब महानगरपालिकामा लगेको थिएँ । त्यो स्वीकार भइ काम अगाडी बढेको छ,’ पदस्थापन कार्यक्रममा भट्टराईले भने, ‘विराटनगर महानगरपालिकासँगको समन्वयमा रोटरी क्बल विराटनगर मिडटाउनले अन्य थप्रै कार्यक्रमहरू गर्नेछ ।’
यस्तै विराटनगरको हाटखोला र परोपकार घाटमा २० टन दाउँरा पनि सहयोग गर्ने उनको भनाई छ । क्बलले आगामी दिनमा विगतको वर्षहरुमा भन्दा फरक तरिकाको स्वास्थ्य शिविर पनि आयोजना गर्ने अध्यक्ष भट्टराईले बताए । विशेषज्ञ चिकित्सकहरूको टोलीले ग्रामिण बस्तीदेखि विभिन्न ठाउँमा स्वास्थ्य शिविर गरिने उनले बताए ।