RUMPUM
animated ellipse animated ellipse

‘हिरासतमै पनि घटना होइन भन, नत्र होसियार बस भन्दै धम्की दिए’ : सिद्दिकीको कार चालकको बयान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ पुष २०७९, बुधबार १७:१८
405
Shares
विराटनगर / विराटनगर उद्योगी अरुणकुमार राठीलाई अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अङ्गभङ्ग गरेको आरोपमा पक्राउ परेका नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक २४ वर्षीय शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताबका कार चालक चिखु भाई अजय भन्ने जयकुमार रामको निर्देशन अनुसार कोठामा बन्धक बनाएको बयान दिएका छन् ।

मोरङ प्रहरीलाई दिएको बयान अनुसार सिद्दिकीको निर्देशन अनुसार नेपाल टाइम्सको कोठामा राठीलाई कुर्सीमा राखेर दुवै हात तारले बाँधेर बन्धक बनाएको कार चालक रामले बयान दिएका हुन् ।

‘निज जाहेरवालालाई समाइरहेको अवस्थामा प्रतिवादी शहेन्शा सिद्दिकीले कोठाभित्र भएको फलामको तारले दुवै हात सोफाको हातमा बाँध्न खोज्दा जाहेरवाला उठेर भाग्न खोजे, मैले राठीको दुवै हात अगाडि तारले बाँधे भने शहेन्शा सिद्दिकीले जाहेरवालाको दुवै खुट्टा सोफाको पौवा (खुट्टा) मा बाँधेपछि पुनः भाई तिमी अर्काे कोठामा जाऊ भनेको कारणले म अर्काे कोठामा बसिरहेको थिए । प्रतिवादी सिद्दिकी म भएको कोठामा आउँदा मैले राठीलाई यस्तो किन गरेको भन्दा योसँग मेरो पैसा लिनुछ धेरै पटक पटक माग्दा दिएको छैन भनी सुनाए । मैले म तपाईंको ड्राईभर हुँ मलाई भोलि समस्या हुन्छ भन्दा निजले जाहेरवालालाई धम्क्याएको मात्र हुँ, तिमीलाई केही हुँदैन भने,’ अभियोग पत्रमा उल्लेखछ ।

पक्राउ परेपछि पनि सिद्दिकीले मोरङ प्रहरीको हिरासतमा धम्की दिएको कार चालक रामले बताएका छन् । ‘वारदात भएपश्चात निज प्रतिवादी सिद्दिकीले मलाई तीन दिनसम्म आफ्नै कोठामा सँगै राखे, सोपश्चात निजले यो घटना बिर्सिनु भन्नु भएको र घटना भएको केही दिनपछि तिमी भारततिर जाने भए पनि जाऊ, घटनाको बारेमा कोही कसैलाई नभनी बिर्सिदिनू भन्नु भएको र म पक्राउ परेपछि हिरासत कक्षमा रहेको अवस्थामा खाना खाने समयमा निज शहेन्शा सिद्दिकीले वकिललाई भेट, घटना होइन भन, नत्र होसियार बस भन्ने जस्ता धम्कीपूर्ण कुरा गरिरहेका छन्,’ कार चालक रामले दिएको बयानमा उल्लेखछ ।

प्रतिवादी चिखु भाई अजय भन्ने जयकुमार रामको बयानः
म २०७९ साल भाद्र महिनादेखि अनिल चौधरीमार्फत हाल पक्राउ प्रतिवादी शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताबको कार चलाउन भनी निजसँग चिनजान गराएकोमा मासिक तलब बापत १८ हजार लिने शर्तमा बागमती प्रदेश ०१–०२७ च ४२८९ नं.को कार निज शहेन्शा सिद्दिकीले भनेको स्थानसम्म लाने– लैजाने गर्दै आएको थिए ।

उक्त कार सोरुमबाट किनेको पहिलो दिनदेखि नै म चालकको रूपमा चलाउँदै आएको थिए । सोही क्रममा निज शहेन्शा सिद्दिकीले मिति २०७९÷ ८÷ १३ गते बेलुकातिर मलाई काठमाडौं जानुपर्छ भन्नु भयो सो बेलुका विराटनगरको म्याक्स होटलमा खाना खायौँ र म नेपाल टाइम्स मिडिया प्रालिको पुरानो कार्यालयको किचन कोठामा सुतेँ भने निज सोही भवनको आफ्नै कोठामा सुते ।

मिति २०७९।८।१४ गते बिहान अन्दाजी ०५ः३० बजेतिर उठाई भाइ फ्रेस हौँ भन्नुभयो । फ्रेस भएपश्चात हामी दुवैजना निजले चलाउने गरेको को ३८ प ६५९६ नं.को स्कुटरमा चढी ५ः५५ बजेतिर नयाँ कार्यालय गयौं र मैले कार्यालयको सटर खोलेँ। निजले कार्यालयबाट क्यामेरा बोकेर तल झरेपछि निजले मलाई कार निकाल बाहिर जानुपर्छ भनेपछि मैले उक्त कार चलाई अफिसबाट मुलगेटबाहिर निस्किएर कता जाने यकिन नभएकोले निजलाई सोध्न कार रोकेको थिएँ ।

निजले मलाई मेरो स्कुटर पछि–पछि फलो गर्दै आउनु भने मलाई सेन्ट्रल मलको दक्षिणतर्फ मूल सडकमा निस्कने भित्री सडकमा रोकेर बस्दै गर भनेपछि म सोही स्थानमा बसिरहेको अवस्थामा अन्दाजी ५ मिनेटपछि निज शहेन्शा सिद्दिकीले हाल आएर चिनेका जाहेरवाला अरुणकुमार राठीलाई स्कुटर पछाडि राखि लिएर आएपछि म पुनः निजकै पछि–पछि निगरानी गर्दै नेपाल टाइम्स मिडिया प्रालिको नयाँ कार्यालयमा गयौं ।

जाहेरवाला र शहेन्शा सिद्दिकी नेपाल टाइम्स मिडिया प्रालिको भवनतर्फ गए । मैले गाडी गेटको साइडमा पार्किङ गरी गाडीबाट ओर्ली माथि हेर्दा प्रतिवादी शहेन्शा सिद्दिकीले मलाई पुरानो कार्यालय जानू भनेकोले म पैदल हिँड्दै पुरानो कार्यालयतिर गएको हो ।

करिव ७- ८ मिनेट पछि शहेन्शा सिद्दिकीले जाहेरवाला अरुणकुमार राठीलाई स्कुटरमा पछाडि राखि लिई पुरानो कार्यालय जाँदै गरेको देखेको र म सो कार्यालयको हालको घटनास्थल कोठामा पुग्दा कोठाको ढोका खुलेको देखि म सोही कोठाभित्रै बसिरहेँ ।

निज जाहेरवाला र प्रतिवादी शहेन्शा सिद्दिकी भवनको छतमा समेत गई भिडियो बनाएका थिए । निजहरू केही बेरपछि कार्यालयको कोठाभित्र जाहेरवालालाई सोफामाथि राखी निज शहेन्शा सिद्दिकीले भिडियो खिच्न खोजे सो बेलामा निजहरूको राजनीतिसम्बन्धी कुराकानी हुन थालेपछि मलाई अर्काे कोठामा बस्न भनेपछि म अर्काे कोठामा गइ बसे । एकछिन पछि मलाई निजले बोलाएकोमा जाहेरवाला भएको कोठामा जाँदा जाहेरवाला र प्रतिवादीबीच जाने र रोक्ने भइरहेकोमा निजले मलाई यसलाई पक्र भनेपछि मैले जाहेरवालाको हातमा समाती पक्रिँदा निजले जाहेरवालालाई पक्रेर पुन: सोफा माथि राखेको हो ।

निज जाहेरवालालाई समाइरहेको अवस्थामा प्रतिवादी शहेन्शा सिद्दिकीले कोठाभित्र भएको फलामको तारले दुवै हात सोफाको हातमा बाँध्न खोज्दा जाहेरवाला उठेर भाग्न खोजे, मैले निजको दुवै हात अगाडि तारले बाँधे भने शहेन्शा सिद्दिकीले जाहेरवालाको दुवै खुट्टा सोफाको पौवा (खुट्टा) मा बाँधेपछि पुनः भाई तिमी अर्काे कोठामा जाऊ भनेको कारणले म अर्काे कोठामा बसिरहेको थिए ।

प्रतिवादी शहेन्शा सिद्दिकी म भएको कोठामा आउँदा मैले निज जाहेरवालालाई यस्तो किन गरेको भन्दा योसँग मेरो पैसा लिनुछ धेरै पटक माग्दा दिएको छैन भनी सुनाए । मैले म तपाईंको ड्राईभर हुँ मलाई भोलि समस्या हुन्छ भन्दा निजले जाहेरवालालाई धम्क्याएको मात्र हुँ, तिमीलाई केही हुँदैन भने ।

निज पुनः जाहेरवालालाई बाँधेको कोठा भित्र गए म सोही कोठामा नै थिए । जाहेरवालालाई बाँधेको कोठा साउण्डरुफ कोठा भएकोले उक्त कोठाभित्रको आवाज बाहिर आएको थिएन त्यसैले उक्त समयमा के कुरा भएको थियो मलाई थाहा भएन ।

प्रतिवादी शहेन्शा सिद्दिकीले मलाई पनि सोही कोठामा बोलाएकोले म उक्त कोठामा जाँदा शहेन्शा सिद्दिकीले यसलाई पानी र टप बिस्कुट ल्याइदे भनि १५० रुपैयाँ दिनु भयो र सो समयमा निज जाहेरवालाले म प्रेशरको बिरामी हुँ मलाई चिया ल्याई दिनुसमेत भनेका थिए ।

मैले सो घरको भुइँतलामा रहेको किराना पसलबाट दुई बोतल पानी र एउटा टप बिस्कुट किनेर लिई जाँदासम्म निजलाई सोफामा नै बाँधी राखेकोले मलाई जाहेरवालाप्रति माया लागेकोले मैले पानी खोलेर गिलासमा पानी खुवाई बिस्कुटसमेत दिएको दिए ।

सोपश्वात शहेन्शा सिद्दिकीले मलाई अर्काे कोठामा जानु भनेकोले म अर्कै कोठामा गई बसेँ । निज शहेन्शा सिद्दिकीले फेरि मलाई बोलाई जाहेरवालालाई बाँधेको तार खोल्न लगाएपछि मैले हातमा बाँधेको तार खोली दिए भने शहेन्शा सिद्दिकीले सोफाको पौवा (खुट्टा) मा बाँधेको दुवै खुट्टाको तार खोली दिए ।

निज जाहेरवाला अरुणकुमार राठीलाई मैले कुटपिट गरेको छैन । जाहेरवाला सोफाबाट उठेर जान खोज्दा सोफामा थच्याएर बसाउने क्रममा सोफाको हत्तामा ठोकिन पुग्दा लागेको घाउँ–चोट हुनसक्छ । सिसिटिभी फुटेज भिडियोमा देखिएको कार चालक मै हुँ । मैले मेरो फुपु दिदीको निधन भएकोले लामो कपाल हाल काटेको छु, स्कुटर चालक शहेन्शा सिद्दिकी हुन् भने पछाडि सवार रहेका जाहेरवाला अरुणकुमार राठी हुन् ।

उक्त कारको कसको नाममा दर्ता रहेको छ मलाई थाहा छैन । निज जाहेरवाला अरुणकुमार राठीलाई घटना भएको दिनभन्दा अगाडि देखेको थिइनँ । निजलाई घटनाको दिन चिनेको हो । वारदात भएपश्चात निज प्रतिवादी शहेन्शा सिद्दिकीले मलाई तीन दिनसम्म आफ्नै कोठामा सँगै राखे, सोपश्चात निजले यो घटना बिर्सिनु भन्नु भएको र घटना भएको केही दिनपछि तिमी भारततिर जाने भए पनि जाऊ, घटनाको बारेमा कोही कसैलाई नभनी बिर्सिदिनू भन्नु भएको र म पक्राउ परेपछि हिरासत कक्षमा रहेको अवस्थामा खाना खाने समयमा निज शहेन्शा सिद्दिकीले वकिललाई भेट, घटना होइन भन, नत्र होसियार बस भन्ने जस्ता धम्कीपूर्ण कुरा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर