AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ३०४ जना संक्रमणमुक्त हुँदा थपिए २३७ जना संक्रमित, ५ जना संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ भाद्र २०७८, आईतवार १८:११
594
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३०४ जना कोरोना संक्रमणमुक्त हुँदा २३७ जनामा संक्रमित थपिएका छन् ।

संक्रमणमुक्त हुनेमा १६१ महिला र १४३ पुरुष रहेका छन् । ७७३ जनाको पीसीआर परीक्षण गर्दा १९१ र २८४ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, झापामा ६७, सुनसरीमा ३२, इलाममा ३, पाँचथरमा २, धनकुटा, भोजपुर, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा २६, बेलबारीमा ४, उर्लाबारीमा २, ग्रामथान र पथरीशनिश्चरे १–१, झापाको विर्तामोडमा ११, अर्जुनधारामा १०, मेचीनगर र कनकाईमा ९–९, दमकमा ८, शिवसताक्षीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकामा ३–३, गौरादह, बाहृदशी र झापा गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल र हल्दिबारीमा १–१ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको इटहरीमा २७, बराहक्षेत्रमा २, बर्जु, रामधुनी र गढीमा १–१, इलामको इलाम नगरपालिकामा २ र रोङमा १, पाँचथरको हिलिहाङ र फिदिममा १–१, धनकुटाको चौवीसे, भोजपुरको आमचोक, उदयपुरको बेलका, संखुवासभाको खाँदबारी र प्रदेश १ बाहिरका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर