खबर पूर्वाञ्चल
आइसिसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई विश्वकप छनौटमा पु¥याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य राजवंशीलाई महानगरले नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो । गएको आइतबार आइसिसी लिग २ अन्तर्गत युएईविरूद्धको खेलमा ललितले ५ विकेट लिएर करिअरकै उत्कृष्ट सफलता हात पारेका थिए।
फाइनल सरहको युएईविरुद्धको अन्तिम खेलमा पनि ललितले किफायती बलिङ गर्दै १० ओभरमा २७ रन दिएर १ विकेट लिएका थिए । त्यस्तै कँडेलले यु–१९ विश्वप छनौटमा ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा प्रवेश गर्न सफल भएको छ ।
राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निर्णय गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । चाँडै नै विशेष समारोह आयोजना गरेर सम्मान गरिने मेयर कोइरालाले जानकारी दिए ।