AArya
RUMPUM
animated ellipse animated ellipse

‘मिलन दाहाल’ फेलोसिपको स्थापना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ फाल्गुन २०७८, बुधबार १८:१२
5.66k
Shares
विराटनगर / स्नातकोत्तर क्याम्पस विराटनगरमा वनस्पति शास्त्र र प्राणी शास्त्र विषय अध्ययनरत विद्यार्थीकालागि फेलोसिपको स्थापना भएको छ । प्रत्येक वर्ष दुई जना विद्यार्थीलाई प्रदान गर्ने गरी मिलन दाहाल फेलोसिपको स्थापना भएको छ ।

सोहीक्याम्पसका पूर्व विद्यार्थी हाल नेपाल विद्युत प्राधिकरणमा कार्यरत मिलन दाहालले यहाँकार्यरत संस्था नेपाल जैविक समाज मार्फत् उपयुक्त विद्यार्थीलाई प्रदान गर्ने गरी फेलोसिपको स्थापना गरेका हुन् । फेलोसिपको राशि जनही २५ हजार रुपैँया रहेको छ ।

हरेक वर्ष उक्त विषयमा शोध कार्य गर्ने विद्यार्थीहरुमध्ये समाजमा विशेष योगदान पुर्याउने खालको शोधकार्यकालागि फेलोसिप प्रदान गरिने संस्थापक दाहालले बताए । यद्यपि छनौट गर्ने जिम्मेवारी नेपाल जैविक समाजलाई दिइएको छ । सो संस्थाले सम्बन्धित विभागसँग समन्वय गरी उपयुक्त शोधार्थीको छनौट गर्ने वनस्पति शास्त्र विभागका प्रमुख प्राडा. उमेश कोइरालाले बताए ।

फेलोसिप संस्थापक र दुवै विभागका प्रमुखहरुकोे उपस्थितिमा नेपाल जैविक समाजको आजको वैठकले यस वर्षका लागि प्राणी शास्त्रबाट शंकर पाण्डे र वनस्पति शास्त्रबाट ओमप्रकाश अर्याललाई छानेको छ । दुवै जनालाई पहिला ेकिस्ता रकम समेत प्रदान गरिएको छ । पाण्डेले लोपोन्मुख चरा गिद्धको गतिविधि र अर्यालले सुनवर्सी पोखरीको सूक्ष्म वनस्पतिका विषयमा शोधकार्य गरेका थिए ।

आज आयोजित फेलोसिप वितरण कार्यक्रममा बोल्दै समाजका अध्यक्ष प्राडा शशिनाथ झाले पछिल्लो पुस्तालाई प्रेरित गर्ने सोचका साथ दाहालले फेलोसिप स्थापना गरेर उदाहरण प्रस्तुत गर्नु भएको बताए । संस्थापक दाहालले यो फेलोसिपमा आफ्ना कुनै सर्तहरु नहुने बरु अरुहरुलाई पनि यस कार्यले प्रोत्साहित गर्ने आशा व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर