खबर पूर्वाञ्चल
आज झापाको गौरादहमा नगर अस्पतालको शिलान्यास गर्दै उनले रोकिएका सडक योजना तथा पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखिएको बताए । उनले एसियाली राजमार्ग निर्माण, हुलाकी र मदन भण्डारी राजमार्ग निर्माण तिब्र पारिने बताए । उनले भने‘अब अहिले बजेट बनाउने बेला भएको छ, अर्थतन्त्र बिग्रेको अवस्थामा थियो । हामीले बिगारेको अर्थतन्त्र सहि दिसामा ल्याएका छौ, नयाँ काम र ठूला योजना ल्याउन अवस्था छैन ।’ प्रधानमन्त्री ओलीले एक दुई वर्ष पुराना नै योजना सम्पन्न गरिने बताए ।
प्रधानमन्त्री ओली कृषिको आधुनिकिकरण र व्यवसायीकरणमा सरकारले काम गरिररहेको बताएका थिए । उनले सहकारी मार्फत कृषिको अनुदान र युवाहरूलाई स्टाटअप कर्जाका लागि आवेदन दिन सकिने बताए । झापा ५ का प्रतिनिधि सभा सदस्य समेत रहेका ओलीले गौरादहको अस्पताल सुविधा सम्पन्न हुने बताए । उनले बिस्तारै डाउलसिस, आँखा उपचार सहितका उपचार शुरु गरिने बताए ।
गौरादह नगर अस्पताल १५ शैयाको २०८३ माघमा सम्पन्न गर्ने गरि १२ करोड ५९ लाख ७९ हजारको लागतमा ३२ कठ्ठा क्षेत्रफलमा निर्माण हुने नगर प्रमुख छत्रपति सुवेदीले जानकारी दिऐ । सोहि अवसरमा अस्पताल निर्माणमा जग्गादान गर्ने परिवारलाई सम्मान समेत गरिएको थियो ।