पूर्वाञ्चल खबर
पोखरा एभेन्जर्सविरुद्ध आज भएको खेलमा सन्दीपले लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन्। उनले निर्धारित ४ ओभरमा २७ रन खर्चेर ६ विकेट हात पारे। यससँगै सन्दीप एनपीएल इतिहासमा ह्याट्रिक विकेट लिने तेस्रो बलर बनेका छन्।उनले १५औं ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिएका हुन् । यसअघि काठमाण्डौ गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले एनपीएलमा ह्याट्रिक विकेट लिइसकेका छन्।
सन्दीपको यो प्रदर्शनले एनपीएलमा उनको बलिङ क्षमता पुनः प्रमाणित गरेको छ। उनको उत्कृष्ट बलिङका कारण पोखरा एभेन्जर्सको ब्याटिङ लाइनअप दबाबमा परेको छ।
सन्दीप एकै खेलमा ६ विकेट लिने पनि तेस्रो खेलाडी बने । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए ।