AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भानु कलेजद्वारा पूर्व विद्यार्थीहरु सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०८१, शुक्रबार १७:५७
729
Shares
विराटनगर / विराटनगरस्थित भानु कलेजले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
आज विशेष समारोह आयोजना गरेर कलेजले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

एमवीवीएसमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने प्रज्जल खड्का, वीएससी नर्सिङमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने सपना साह, कृषि तथा वन विश्वविद्यालयमा भेटनरी डाक्टरमा छात्रवृत्ति पाउन सफल अनुराग मञ्जिल गेलालसहित पूर्वविद्यार्थी इन्जिनियर तथा सहज निर्माण सेवा प्रालिका संस्थापक आनन्द शर्मा र अर्गानिक घरका संस्थापक युवा उद्यमी अभिषेक गौतमलाई कलेजले सम्मान गरेको छ ।

सम्मानित हुने प्रमुख अतिथिसमेत रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठलगायतले अविर, टीका, खादा लगाएर सम्मानपत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्वरोजगारमूलक र व्यवहारिक शिक्षा अहिलेको आवश्यकता भएको बताए । उनले प्रविधिमैत्री शिक्षाले मात्रै उत्पादित जनशक्तिले सहजै रोजगारी प्राप्त गर्न सक्ने उल्लेख गरे । प्राविधिक र व्यवहारिक शिक्षा बिना रोजगारीका अवसर प्राप्त नहुने मेयर कोइरालाको भनाइ थियो ।

त्यस्तै प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौला, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख शालिग्राम दाहाल, नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, कलेजक निर्देशक डा. नरेन्द्रकुमार चौधरी, सल्लाहकार समितिका सदस्य प्रा.डा. देवेन्द्र अधिकारी, देवेश प्रधान, कलेजका संयोजक रमेश पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कलेजले फन फिष्टाअन्तर्गत विभिन्न विज्ञान र खानाको प्रदर्शनीसमेत आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर