animated ellipse animated ellipse

प्रदेश सभाको हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक पारित गरि कानुन बनाउने : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ माघ २०८१, शनिबार १८:२६
81
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीले स्वच्छ, मर्यादित भएर कलम चलाउनु पर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल, मोरङ समितिको ९ औं अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उनले सत्य ,तथ्यका आधारमा समाज परिवर्तन लागि समाचार सम्प्रेष्ण गर्न सुझाव दिएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेश सभाको हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक पारित गरि कानुन बनाउने जानकारी दिदै यसवाट यस क्षेत्रका सञ्चारकर्मीहरुको वृत्ति विकासमा ठूलो सहयोग पुग्ने विश्वास जनाए ।

मुख्यमन्त्री कार्कीले भने ,‘अध्यादेश संवैधानिक व्यवस्था अनुसार ल्याइन्छ र यो जनतालाई राहत दिनका लागि गरिएको काम भएकोले यसवाट कोही आत्तिनु पर्दैन ’। वर्तमान गठबन्धन सरकारको निर्माणले प्रदेशको राजश्वमा २५ वृद्धि भएको जानकारी दिँदै उनले आगामी दिनमा यसक्षेत्रमा विकास निर्माण कार्यलाई तिव्रता दिने विश्वास व्यक्त्त गरे ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले समाजमामा पछाडि परेका जनताको समाचार सम्प्रेषणमा प्राथमिकता दिन सञ्चारकर्मीहरुलाई आग्रह गरे । नेकपा एमालेका केन्द्रीय सदस्य एवं मोरङ इन्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्कीले प्रविधिको प्रयोगमार्फत सञ्चारकर्मीहरु दक्षहुनुपर्ने सुझाव दिए ।¬

चौतारीका मोरङ अध्यक्ष सुदिप कोइराला, उपाध्यक्ष चीना थापा र सचिव शंशाक पौडेलले सङघीयताको कार्यान्वयन लागि चौतारीका सदस्यहरु क्रियाशिल रहने विचार राखे ।

मुख्यमन्त्री कार्कीले सोही अवसरमा शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारवाट अरुण खवरका प्रधान सम्पादक महेन्द्र विष्टलाई प्रदान गरे । मुख्यमन्त्री कार्कीले विष्टलाई नगद २१ हजार सहित सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर