खबर पूर्वाञ्चल
वि.स. २००४ देखि २०४६ सम्म भएको नेपाली महिला आन्दोलन र विश्व महिला आन्दोलनमा केन्द्रीत रहेर लेखिएको पुस्तकको आज विराटनगरमा समीक्षा गरिएको थियो । वि.सं. २०५९ सालमा पहिलो संस्करण र हालै प्रकाशित दोश्रो संस्करणको विराट साहित्य संगमले आयोजना गरेको पुस्तक चर्चा कार्यक्रमका समीक्षकहरुले पुस्तक अनुसन्धानमा आधारित रहेको बताएका हुन् ।
पुस्तकको समीक्षा गर्दै विराट साहित्य संगमका सल्लाहकार दिनेश श्रेष्ठले नेपालको महिला आन्दोलनबारे रुची राख्नेहरुका लागि पुस्तक महत्वपूर्ण रहेको बताए । उनले महिला आन्दोलनको इतिहास र विश्व महिला आन्दोलनबारे पुस्तकमा समेटिएको बताए । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा प्राध्यापनरत इन्दिरा प्रसाईंले नेपालमा महिला आन्दोलन सवैले पढ्नुपर्ने कृति रहेको बताइन। उनले पुस्तकलाई अझै अनुसन्धानमुलक बनाउन आवस्यक रहेकोमा जोड दिइन । आर्थिक, राजनीतिक र सामाजिक विभेदमा परेका महिलाका सवालहरू पुस्तकमा समेटिएको उनले बताइन ।
वि।सं।२०६२/०६३ को महिला आन्दोलनलाई पनि पुस्तकमा समेट्न उनले आग्रह गरिन । प्रसाईले भनिन,‘ महिला आन्दोलन इतिहासको अभिलेख पुस्तकमा समावेश छ ।’ महिलाहरूले अझै कार्यकारी नेतृत्वमा पुग्न नसकेको र नेपाल, राजनीति र महिलाका बारेमा पुस्तक जानकारी मुलक रहेको प्रसाईले बताइन ।
एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालले पुस्तकले विश्वको महिला आन्दोलन समेट्न सके अझ राम्रो हुने सुझाव दिए । उनले महिला आन्दोलनको इतिहास खोज्नका लागि पुस्तक महत्वपूर्ण श्रोतका रूपमा रहेको उल्लेख गरे । एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री जीवन घिमिरेले महिला अधिकार क्षेत्रमा युगान्तकारी परिवर्तन भएको बताए । नेपालमा महिला आन्दोलन पुस्तक महिलाको लागि प्रेरणाको श्रोत बन्ने उनले बताए।
प्रा.डा. हरिहर भण्डारीले नेपाली महिला संस्कृतिको कुरा पुस्तकले समेट्न नसकेको बताए । उनले महिलालाई उच्च सम्मान दिएकाले नेपाली महिला संस्कृतिको विषय समेट्न आग्रह गरे । उनले महिला संस्कृतिको कुराले हाम्रो संस्कृति र सभ्यतालाई बल पुग्ने बताए। कवि शिवनारायण पण्डित ९सिंगल०ले बर्तमान समयमा महिलाले गरेको योगदान समेट्न आग्रह गरे ।
डा. शिवमाया तुम्बाहाङफेले छुटेका विषयहरु आगामी संस्करणमा थपिने प्रतिबद्धता जनाइन । उनले नेपालको महिला आन्दोलनको प्रारम्भ २००४ देखि ०४६ सम्मको राजनीतिक आन्दोलनलाई पुस्तकले समेटेको बताइन । उनले विद्यार्थीका लागि पनि पुस्तक आवस्यक रहेको बताइन ।
पुस्तक चर्चा कार्यक्रममा प्राज्ञ खेम नेपाली, साहित्यकार बलराम पोखरेल, शुभलक्ष्मी लम्साल, रामबाबु दाहाल लगायतले २०४६ पछिका महिला आन्दोलनका विषयलाई समेटेर चाँडै अर्को संस्करण ल्याउन सुझाव दिए।
डा। तुम्बाहाङफेद्धारा लिखित पुस्तक नेपालमा महिला आन्दोलन दोश्रो संस्करण विराट साहित्य संगम विराटनगरले प्रकाशन गरेको हो ।
तपाईको प्रतिक्रिया