खबर पूर्वाञ्चल
मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति ८ बजे ४४ वर्षीया श्रेष्ठ थरकी महिलाको मृत्यु भएको हो । विराटनगर –१५ मिल्स एरिया घर भए पनि मृतक महिला विराटनगर–११ स्थित माइतीमा बस्दै आएको खुलेको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि संक्रमित महिलालाई मंगलबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । विरामीको अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा अक्सिजन दिएर उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकल प्रशन तथा छातीरोग विशेषज्ञ डा.पुरु कोरोइलाले जानकारी दिए ।
‘श्वासप्रश्वासमा समस्या भएपछि विरामीलाई आकिस्मिक कक्षमा भर्ना गर्दा विरामीको अक्सिजनको मात्र कम थियो,’ डाक्टर कोइरालाले भने, ‘हामीले भेन्टिलेरमा राखेर उपचार गर्ने क्रममा मृत्यु हुन पुग्यो ।’
संक्रमतिलाई मंगलबार कोशी अस्पताल लगेपछि थप उपचारको लागि विराट टिचिङ्ग हस्पिटल लगेको थियो । स्वाब दिएपछि थप उपचारको लागि विराट टिचिङ्ग हस्पिटल ल्याएको अस्पतालका प्रसाशन प्रमुख सुधिर राठौरले जानकारी दिए । संक्रमितको मृत्यु भएपछि मंगलबार ९ बजे कारोना पोजेटिभ रिपोट आएको उनले बताए ।
मृतकको शव व्यवस्थापनको लागि तयारी भइरहेको अस्पतालले जनाएको छ ।