पूर्वाञ्चल खबर
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेलले मानिसले प्रकृतिमाथि गरेको दोहनका कारण प्रकृतिले मानिस माथि धावा बोलेको छ र सोको प्रमाणस्वरुप कोभिड १९ आएको बताए । सन्तुलित वातावरण,विकास र अर्थव्यवस्थाको सन्तुलित समन्वय नभए वातावरण बिग्रिने अनि त्यसको असरको सामना मानिसले गर्नुपर्ने अवस्था आउने उनको तर्क थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वातावरणका जानकार, पत्रकार रामचन्द्र अधिकारीले रैथाने प्रजातिको लोप तिव्र गतिमा भइरहको कारणले यस्ताको संरक्षण आवश्यक रहेको बताए । उनले भने– अरु जीवजन्तुको विनाश हुनु भनेको मानिस जोखिममा पर्नु हो किनभने जति विनाश बढ्छ संक्रामक रोगको प्रकोप उति बढ्छ । विभिन्न महामारीहरु जैविक विविधताको नाशकै कारणले पनि उब्जाएको हुनाले मानिसको जीवनशैली,खानपान र प्रकृतिमाथिको औधि प्रयोगमा नियन्त्रण गर्नुपर्न उनको राय थियो । कार्यक्रममा गोपाल पोखरेल,नारायण रेग्मी,जीवन गुरुङ,ललितनारायण मण्डरलगायतले धारणा राखेका थिए ।
जुम मिटङमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय प्रविधि क्याम्पस धरानका प्रमुख डा. दिलकुमार लिम्बू, मेची क्याम्पस भद्रपुरका सहायक क्याम्पसप्रमुख डा कृष्णप्रसाद भट्टराई,स्नातकोत्तर क्याम्पसका सहायक प्रमुख शालीग्राम अधिकारी, पूर्व प्रमुख डा.मनोज राउत, प्राणीशास्त्र विभाग प्रमुख प्राडा दामोदर थापा,वनस्पति शास्त्र विभाग प्रमुख प्राडा उमेश कोइराला,पूर्वाञ्चल विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राडा मीनराज ढकाल,महेन्द्र मोरङ क्याम्पस वनस्पति विभाग प्रमुख ललितनारायण,प्राडा टीएन मण्डल,प्राडा शिव राईलगायतको उपस्थिति रहेको थियो ।