खबर पूर्वाञ्चल
अध्यक्ष नेपालले आज विहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन् । अहिलेका मुख्यमन्त्री भीम आचार्यको चाँडै बहिर्गमन हुने उनले बताए । राई एकीकृत समाजवादी तर्फबाट प्रदेश १ मा संसदीय दलका नेता छन् ।
पूर्वप्रधान्त्रीसमेत रहेका अध्यक्ष नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको बन्धन नभएकोले गठबन्धन मजबुत रहेको दाव िगरे । उनले आफू नभएमा कुर्सि नै भाँचिदिने केपी शर्मा ओलीले बनाएको गठबन्धन नभएको बताए ।
अध्यक्ष नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउनेबारे कतै छलफल नभएको बताए । उनले महाभियोगकबारेमा समाचारहरूमा आएका कुरा हल्लामात्रै भएको प्रतिक्रिया दिए । उनले भने, ‘प्रधानन्यायाधीशमाथि महाभियोगबारे कतै कुनै छलफल भएको छैन, समाचारहरूमा आइरहेका हल्ला हावादारी भएको बताए ।
विगतमा ओलीको सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको समेत आरोप लगाए । हाम्रो पार्टीमा मेची देखि महाकालीसम्म जनलहर देखिएको अध्यक्ष नेपालले बताए ।