RUMPUM
animated ellipse animated ellipse

परे पुरस्कार नपरे उपकार भन्ने उद्धेश्यसहित इलाम नगरपालिकाले खेलायो विंगो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ मंसिर २०८०, शनिबार २०:०३
117
Shares
इलाम / इलाम नगरपालिकाले सामाजिक कार्यका लागि ‘परे पुरस्कार नपरे उपकार’ भन्ने उद्धेश्यसहित विंगो खेलाउने गरेको प्रस्टाएको छ ।

नगरपालिकाको नगर खेलकुद विकास विकास प्रतिष्ठानको अगुवाईमा दशैको घटस्थापनादेखि तिहारसम्म समाजिक कार्यसंगै मनोरञ्जनका लागि विंगो खेलाउँदै आएको छ ।

नगरपालिकाका मेयर केदार थापाका अनुसार विगत ६ दशकदेखि सामाजिक कार्यमा सहयोग पुग्ने गरि यसलाई मनोरञ्जनका रुपमा प्रतिष्ठानले आयोजना गर्दै आएको बताए । विंगो खेलबाट संकलन रकम सामाजिक कार्यमा खर्च हुने बताएका मेयर थापाले इलाम चौकमा पीपी टावर, पत्रकार महासंघको भवन, रेडक्रसको ब्लड बंैक भवन निर्माण, सिटी हल निर्माण, ब्याडमिन्टन हल निर्माण, ठूलो टुडिखेलको स्तरोन्नती लगायतका कार्यक्रममा संकलित रकम खर्च हुदै आएको बताए ।

विंगोबाट संकलित रकमबारे पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराइने बताएका मेयर थापाले विंगोको रकम विशुद्धरुपमा सामाजिक कार्यमा नै खर्च हुने गरेको प्रस्टाए। उनले यसपटक संकलित रकमले इलाममा रहेको माइभ्याली फुटबल क्लब, रेडहर्ष फुटबल क्लब, नेपाल ब्याडमिन्टन संघ, तेक्वान्दो संघ, नगर साहित्य कला संगीत प्रतिष्ठान लगायतका सामाजिक तथा खेलकुद निकायलाई सहयोग गर्ने जानकारी दिए ।

त्यसैगरि, इलामका सहयोगी हातहरु नामक संस्था मार्फत असहाय तथा अशक्त विरामीलाई प्रति ब्यक्ति ५ हजार रुपैया सहयोग उपलब्ध गराउने उनले बताए । विंगो खेल आयोजनाबारे आएका समाचारको खण्डन गर्दै मेयर थापाले २०२०।०२१ सालदेखि नै दशैं तिहारको अवसरमा विंगो खेलाउन सुरु गरिएको र हाल त्यसलाई निरन्तरता दिइएको बताए ।

इलाम नगर खेलकुद विकास प्रतिष्ठानका अनुसार विंगो खेल्नका लागि २० रुपैयादेखि १ सय रुपैयासम्मको टिकट मुल्य राखिएको जनाएको छ । सोही टिकटको विक्रीबाट प्राप्त रकम पुरस्कार ब्यस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ । यसक्रममा अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वय र सहयोग रहेको प्रतिष्ठानले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर