AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ अदालतका न्यायधीशलाई कारोना पुष्टि, तीन दिन अदालत बन्द

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ श्रावण २०७७, सोमबार १२:३१
45
Shares
विराटनगर / मोरङ अदालतका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गराएको परीक्षण रिपोट अनुसार आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएको अदालतमा सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

न्यायाधीशसहित अदालतका चार ४ जना कर्मचारीकोे पिसिआर प्रविधिबाट गरिएको परीक्षण मध्ये एक जना न्यायधीशको रिपोट पोजेटिभ आएको हो ।

अदालतका एक न्यायाधीशमा कोरोनाक्रा संक्रमण पुष्टि भएपछि आजदेखि तीन दिनको लागि अदालत बन्द गरिएको सूचना अधिकारी पौडेलले बताए । तीन दिनको लागि अदालत बन्द भएको सूचना अदालतले केही बेरमा सूचना सार्वजानिक गर्ने तयारी गरेको छ । ‘तीन दिन अदालत पूर्ण रूपमा बन्द गरि सेनिटाइज गरिनेछ,’ अदालतका सूचना अधिकारी पौडेलले भने, ‘अदालतका अन्य कर्मचारीहरूको कन्ट्रयाक टे«सिङका लागि विराटनगर महानगरपालिकालाई भनिनेछ ।’ अदालत बन्द भएपछि नियमित मुद्दाका सुनुवाई पनि स्थगित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर