नक्कली नोट र लागुऔषधसहित झापामा एक युवक पक्राउ

खबर पूर्वाञ्चल, १९ जेष्ठ २०७८, बुधबार १८:१५

झापा / नक्कली नोट र लागुऔषधको कारोबारमा सम्लग्न एकजनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका ३ स्थित बेलडाँगी २ सेक्टर सी २ छाप्रा नम्बर २४४ का ३२ वर्षीय पूर्णबहादुर रहेका छन् । बानियाँलाई प्रहरीले नक्कली नोट र लागु औषधको कारोबार गरेको आरोपमा पक्राउ गरेको हो ।

दमक १ स्थित एक लजको कोठाभित्र लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाको आधारका इलाका प्रहरी कार्यालय दमकको टोलीले गएराती छापा मार्दै लागु औषधसहित बानियाँलाई नियन्त्रण लिएको हो ।

प्रहरीले बानियाँको शरीर र कोठाबाट एक हजार दरको नेपाली रुपैयाँको ८ थान नक्कली नोट र सानो प्लास्टिकको दुई वटा प्याकेटमा राखिएको ४७ ग्राम ५ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारेको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

नक्कली नोट र ब्राउन सुगरसहित पक्राउ परेका बानियाँलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाएको झापा पहरी प्रमुख प्रहरी नायब उपरीक्षक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५