animated ellipse animated ellipse

राती १० बजेपछि मोरङमा देउसी भैलो खेल्न रोक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ कार्तिक २०८०, शनिबार १३:०५
144
Shares
विराटनगर / मोरङमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।

नेपालीहरुको दोश्रो ठुलो चाड तिहारमा महत्वपूर्ण मानिने देउसी भैलोलाई जिल्ला प्रशासन कार्यालय मोरङले राती १० बजे पछि खेल्न रोक लगाएको हो ।

जिल्लाका १७ वटै स्थानीय तहमा राती १० बजेपछि देउसी भैलो खेल्न र साँस्कृति कार्यक्रम गर्न रोक लगाएको प्रशासनले जनाएको छ । दिउँसो हुने देउसी भैलोलाई भने कुनै रोक नलगाइएको जनाइएको छ ।

यस्तै, तिहार र छठ पर्व मनाउने क्रममा पटका, भँईचम्पा, र आतिशवाजी जस्ता प्रज्वलनशिल पदार्थको भण्डारण, ओसार प्रसार, बिक्री वितरण तथा प्रयोग गर्न पूर्ण बन्देज लगाइएको पनि प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर