AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेकपा एमाले मोरङ अध्यक्षमा पुनः ऋषिकेश पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ भाद्र २०७८, बिहीबार ०७:५२
1.97k
Shares
विराटननगर / नेकपा एमालेको बुधबार बसेको पूर्ण कमिटीको वैठकले अध्यक्षमा ऋषिकेश पोखरेललाई पुनः चयन गरेको छ । २०७५ जेठ २ मा फर्किने निर्णय गरेको एमालेले त्यसलाई कार्यान्वयनको चरणमा लैजान पूर्ण वैठक बसेको थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्य, प्रदेश समिति सचिव तथा जेठ २ मा फर्किएको निर्णयसँगै जिल्ला अध्यक्ष बनेका विनोद ढकालको अध्यक्षतामा बसेको बैठकले पार्टीको जिल्ला अध्यक्षमा पोखरेललाई चयन गरेको हो ।

वैठकमा जिल्ला अध्यक्ष ढकालले सचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव राखे। सोहि प्रस्तावलाई वैठकले सर्वसहमतिका साथ अनुमोदन गरेको हो । यसअघि पार्टीको केन्द्रीय सर्कुलर अनुशार मोरङको सचिवालय वैठकले २०७५ जेठ २ मा फर्किने निर्णयलाई कार्यान्वयन गर्दै विनोद ढकाल अध्यक्ष र ऋषिकेश पोखरेल सचिव रहने निर्णय गरेको थियो ।

२०७५ जेठ २ को अवस्थामा मोरङ जिल्ला समिति १ सय १६ सदस्यीय थियो । आजको वैठकमा १०७ जनाको उपस्थिति रहेको थियो । नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितको प्रमुख आतित्थतामा बसेको बैठकमा केन्द्रीय सदस्यहरु गुरु बराल, जीवन घिमिरे, डा. शिवमाया तुम्बाहाम्फेसहित मोरङका रहेका प्रदेश समिति सदस्यहरुको आतिथ्यता रहेको थियो । तत्कालिन कार्यसमितिमा रहेका वैठकमा अनुपस्थित रहनेमा माधव नेपालको नेतृत्वमा गएका नेकपा समाजबादीका टंक भण्डारी, मानबहादुर श्रेष्ठ, मणि दाहाल, काशिम मियाँ, रविन नगरकोटी, उपेन्द्र घिमिरे, चण्डि राई, ओसिम आलम र पारुल क्षेत्री रहेका थिए।

यसैबिच वैठकले यहि असोज १० गतेभित्र २०७५ जेठ २ मा फर्कने निर्णयलाई सवै स्थानीय तहमा कार्यान्वयन र व्यवस्थापन गरिसक्ने निर्णय गरेको छ । यस्तै असोज १५ भित्र सदस्यता नविकरण र व्यवस्थापन गरिसक्ने, सवै जनसंगठनहरुको असोज १० सम्ममा नविकरण तथा व्यवस्थापन गरिसक्ने निर्णय भएको छ ।

यस्तै संघीय राजधानीमा असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि प्रतिनिधिहरु क्षेत्रगत, समावेशीगत रुपमा जिल्ला कार्यालयले प्रस्ताव गयार गर्ने निर्णय गरेको छ । यसैगरि कोभिड–१९ का कारण लामो समयदेखि अस्तब्यस्त रहेको शैक्षिक क्षेत्रलाई खोपको आवश्यक व्ययवस्थापन गरि तत्काल सुरक्षित सु–सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण समेत गराउने निर्णय गरेको अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर