RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशको सुरक्षा बैठक सोमबार विराटनगरमा बस्दै, आज साँझमा गृहमन्त्री आउँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ आश्विन २०८०, आईतवार १४:५९
108
Shares
विराटनगर / कोशी प्रदेशको सुरक्षा बैठक भोली विहान विराटनगरमा बस्ने भएको छ ।

विराटनगरस्थित एक होटेलमा सोमबार विहान ८ बजेदेखि सुरु हुने बैठकको लागि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज साँझ साढे ५ बजेको विराटनगर आउने भएका हुन् । गृहमन्त्री श्रेष्ठसँगै तीन वटै सुरक्षा निकायका प्रमुखसहित कोशी प्रदेश जाने आउने भएका छन् ।

प्रदेशको शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि तीन वटै सुरक्षा निकाय प्रमुख र गृहमन्त्रीसहितको टोली कोशी प्रदेश आउन लागेको हो । पछिल्लो समयमा कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र त्यहाँ देखिएका समस्याहरूको पहिचानका लागि गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसहितको टोली विराटनगरमा आउने सुरक्षा स्रोतले बताएको छ ।

उनीहरू कोशी प्रदेशका विभिन्न ठाउँमा देखिएका समस्याको पहिचान तथा समाधान पहल गर्ने गरी आजदेखि ३ दिनका सम्म कोशी प्रदेशमै रहने सुरक्षा स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार