RUMPUM
animated ellipse animated ellipse

लागूऔषध नियन्त्रण गर्न ‘म सक्छु’ अभियान सुरू

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ माघ २०७९, शुक्रबार ०९:३७
81
Shares
विराटनगर / लागूऔषधको सेवन र कारोबार बढ्दै गएको कारणले अपराधारको घटना हुन थालेपछि प्रहरीले लागूऔषध नियन्त्रण अभियान सुरु गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले लागुऔषध न्युनिकरण कार्य योजना ‘म सक्छु’ अभियान सुरू गरेको हो ।
पछिल्लो समय तराइको झापा, मोरङ र सुनसरी जिल्लामा लागूऔषध प्रयोगकर्ता र यसको ओसार पोसार धेरै हुने गरेको छ । प्रराम्भिक चरणमा यी जिल्लाहरुमा प्रभावकारी रुपमा लागूऔषध नियन्त्रण गर्ने उद्देश्यले अभियान सुरु गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी श्याम ज्ञावलीले बताए ।

अभियान अन्र्तगत बिराटनगर महानगरपालिका–१६ मा रहेको लागुऔषध क्यानको भवनमा करिव ५० जना लागुऔषध प्रयोगकर्ताहरुलाई भेला गरी सामाजिक परामर्स दिईएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा संचालन भएको उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाललगायतले लागुऔषध प्रयोग कर्ताहरुलाई मनो सामाजिक परामर्श प्रदान गरेका हुन् ।

यो अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा संचालन भईरहेको छ । विशेष गरी अहिले युवा उमेर समूह र कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू लागूऔषधको लतमा फसेको प्रहरीको तथ्यांकले देखाएको छ । लागूऔषध कारोबार र सेवनमा युवापुस्ताको संलग्नता बढेको प्रहरीको ठहर छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले युवा र विद्यार्थीलाई बढी सचेत बनाउन अभियान सञ्चालन गरिएको बताए । ‘मोरङमा लागूऔषध कारोबार र सेवनको केन्द्र बनिसकेको छ, यसको नियन्त्रणमा सबै लाग्नु पर्ने देखियो,’ उनले भने, ‘त्यसैले हरेक ठाउमा सचेतना फैलाउने अभियान सुरु गरेका हौ ।’

स्थानीय तहसँगको समन्वयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अभियान सुरु गरिएको हो । पहिलो चरणमा विराटनगरबाट लागूऔषध नियन्त्रण अभियान सुरु भएको उनले बताए । उनका अनुसार परिवार तथा अभिभावकको हेलचक्र्याइ र निगरानी अभावमा किशोरकिशोरी लागूऔषधको लतमा फस्दै जान थालेका छन् । उनका अनुसार लागूऔषधको लतमा फस्नेहरूमा सबैभन्दा बढी १८ देखि ४० वर्षसम्म युवा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर