RUMPUM
animated ellipse animated ellipse

एनसीडिए मोरङका नवनिर्वाचित कार्यसमितिले गरे पदभार ग्रहण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० माघ २०८०, बुधबार २०:०८
243
Shares
विराटनगर / नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) मोरङका नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।

आज विराटनगरमा एक कार्यक्रम आयोजना गरी दोस्रो अधिवेशनबाट निवार्चित भएका कार्यसमिति सदस्सयहरुले पदभार ग्रहण गरेका हुन् ।

२८ पुसमा भएको संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा देशबन्धु ढकाल, वरिष्ठ उपाध्यक्षमा हरिराज रेग्मी, थोक उपाध्यक्षमा जितु रजक, खुद्रा उपाध्यक्षमा मुकेश श्रीवास्तव, महासचिवमा अरुणकुमार ठाकुर, कोषाध्यक्षमा मनोजकुमार मण्डल, सचिवमा सरिता चौधरी, सह—कोषाध्यक्षमा राजकुमार यादव निर्वाचित भएका थिए । यसैगरी, खुद्रा सदस्यमा सुनिलकुमार चौधरी, थोक सदस्यमा राजेशकुमार मण्डल, सदस्यहरुमा अरविन्द्रकुमार मण्डल, गौरवप्रसाद साह , किरणकुमार चौधरी निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष ढकाललाई निवर्तमान अध्यक्ष लक्ष्मी तिमिल्सिनाले सपथ गराएका थिए । ढकालले सपथ लिएपछि अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष ढकालले व्यवसायीहरुको हकहितमा सधैभरी लागि पर्ने बताए । उनले व्यवसायीहरुलाई एक ढिका बनाएर लैजाउने प्रतिवद्धता गरे । कार्यक्रममा नेपाल औषधि व्यवसयी संघका केन्द्रीय सदस्य प्रदिपकुमार दास, कोशी प्रदेशका उपाध्यक्ष नरेन्द्र बराल , झापाका अध्यक्ष जीवन खड्का, नेपाल औषधि व्यवस्था विभाग विराटनगरका शाखा अधिकृत अनिल परियारलगायतले नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर