खबर पूर्वाञ्चल
सञ्चारिका समूह कोशी प्रदेशको दोस्रो अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित आचार्य पत्रकार महासंघ मोरङकी उपाध्यक्ष हुन् ।
सञ्चारिका समूह कोशी प्रदेशको उपाध्यक्षमा सुनसरीकी रुमा रिजाल, महासचिवमा मोरङकी जुनु भट्टराई, सचिवमा सुनसरीकी सुप्रिया राई, कोषाध्यक्षमा मोरङकी कविता घिमिरे सर्वसम्मत भएका छन् । सदस्यहरुमा इन्दु साह, शान्ति राई, उर्मिला दनुवार, सिर्जना खुलाल, सीता लिम्वु र सुशिला संग्रौला चयन भएका छन् ।
यसअघि अधिवेशन उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले पत्रकारहरुले सत्यतथ्यमा आधारित पत्रकारिता र तीन तहका सरकारलाई खबरदारी गर्नेुपर्ने बताइन् । उपसभामुख दनुवारले महिला पत्रकारहरूलाई पेशागत रुपमा सक्षम बनाउँदै अघि बढ्नु पर्ने बताइन्। उनले महिला पत्रकारहरूलाई अझै पनि पत्रकारिता क्षेत्रमा टिकिरहन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनीहरूलाई सशक्त बनाउन क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको बताइन । अधिवेशनको अवसरमा मोरङकी अग्रज पत्रकार ललिता भट्टराईलाई सम्मान गरिएको थियो